पटका पड्काउनेलाई के हुन्छ कारवाही ?

  • कार्तिक २४, २०८० | ४५८ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । तिहारमा पटका पड्काउने आम चलनजस्तै बनिसकेको छ । तर पटका पड्काउँदा हुने ध्वनि र वायु प्रदूषणले स्वास्थ्यमा असर पुर्‍याउन सक्छ ।

पटाका जति धेरै ठूलो पड्किने हुन्छ, उति नै बढी मानव स्वास्थ्यका लागि हानिकारक मानिएका रसायन र धातुहरू मिलाइएको हुन्छ । जसले वतावरणीय प्रदूषण बढाउँछ । पटकामा मानव शरीरका लागि अति खतरनाक मानिएका लिड, सल्फरडाइअक्साइड, नाइट्रस अक्साइड र बारुद आदि पदार्थ र रसायनको प्रयोग असीमित मात्रामा गरिएको हुन्छ ।

यसरी बनाइएका पटाका पड्काएपछि धुवाँको माध्यमबाट वायुमण्डलमा पुगी हावामा मिसिने गर्छ । पछि हामीले लिएको श्वासबाट ती खतरनाक धातु मिश्रित रसायन शरीरमा प्रवेश भई फोक्सोसम्म पुग्ने गर्छ । यसबाट दम, एलर्जी मात्रै नभएर क्यान्सर जस्ता प्राणघातक रोगसमेत लाग्न सक्छ ।

उज्यालको पर्व तिहारमा पटकाकै कारण प्रदूषणका साथै धनजनको समेत ठूलो क्षति हुने भएकाले प्रहरीले पटका नपड्काउन अनुरोध गर्छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिनेशराज मैनालीले तिहारमा पटका पड्काउन निषेध गरेको र जबर्जस्ती पड्काउनेलाई तत्काल पक्राउ गरी कारवाही गर्ने बताए ।

‘पटका भित्रिन नियन्त्रण गर्न प्रत्येक नाकामा प्रहरी परिचालित छन्, पटका नेपाल भित्रिनै पाएन भने पटकाको कारण हुन सक्ने क्षति रोक्न सकिन्छ ।’

पटका बेच्ने र पड्काउनेलाई के हुन्छ कारवाही ?

पटका पड्काउने वा बिक्री वितरण गरेको पाइएमा प्रहरीले पक्राउ गरी कारवाही गर्ने एसएसपी मैनाली बताउँछन् ।

‘कडा विस्फोटक पदार्थ भेटिए १० वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुन्छ । नरम विस्फोटक पदार्थ भेटिए ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना हुन्छ,’ उनी भन्छन्, ‘सामान्य प्रकारको विस्फोटक पदार्थ भए ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।’

यसैगरी विस्फोटक पदार्थ उत्पादन वा निर्माण गर्ने र कारोबार गर्नेलाई दुई वर्षसम्म कैद र २० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब