‘टाइगर ३’ ले भारतमा पहिलो दिन कमायो ४४ करोड

  • कार्तिक २७, २०८० | ६०९ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । सलमान खान र कट्रिना कैफ स्टारर ‘टाइगर ३’ ले भारतीय बक्स अफिसमा आक्रामक ओपनिङ गरेको छ । लक्ष्मीपूजाको दिनमा आइतबारको यो कमाइ बलिउडको लागि सुखद् रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बलिउड ट्रयाक एजेन्सी स्याकनिल्कका अनुसार आइतबार फिल्मले भारतभर ४४.५ करोड भारुको कमाइ गरेको छ । यो कलेक्सन दिवालीमा कुनै भारतीय फिल्मको उच्च कमाइ रहेको जनाइएको छ ।

यसअघि दिवालीमै रिलिज भएको शाहरुख खानको ‘जब तक है जान’ले १२.६० करोड नेट भारु र अजय देवगणको ‘सन अफ सरदार’ले ९.३० करोड भारुको ओपनिङ गरेका थिए । यी दुई फिल्मको संयुक्त कलेक्सन जोड्दा २२ करोड भारु हुन आउँछ । सन् २०१२ मा यी दुई फिल्म एकैदिन रिलिज भएका थिए ।

ऋतिक रोशनको दिवाली रिलिज ‘कृष ३’ ले १५ करोड भारु कमाउँदै उक्त समयमा सर्वाधिक ओपनिङ गर्ने फिल्मको रेकर्ड राखेको थियो । हिन्दी संस्करणमा मात्र ४२ करोड भारु कमाएको ‘टाइगर ३ ’ले तमिल र तेलुगू भाषा जोड्दा थप तीन करोड अतिरिक्त कमाएको छ ।

यसअघि इदमा रिलिज भएको सलमान खान स्टारर ‘भारतले’ले ४२.३० करोड भारु कमाएको थियो । तर ‘टाइगर ३’ को कमाइ शाहरुख खानको ‘पठान’ (५७ करोड भारु) भन्दा कम हो । लामो दिवाली बिदा भएकाले ‘टाइगर ३’ का लागि लाभदायक हुने अपेक्षा गरिएको छ ।

यो फिल्मले सोमबारसम्म १२० करोडभन्दा बढी कमाइ गर्ने भारतीय व्यापार विश्लेषक बताउँछन् । जसअनुसार तीन दिने कमाइ १६५ करोड भारु हाराहारीमा हुन सक्छ । सलमान र कट्रिनासहित फिल्ममा इमरान हासमीको शीर्ष भूमिका छ । यो फिल्ममा शाहरुख र ऋतिक रोशनको पनि केमियो रोल छ ।

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

संकटमा मधेश सरकार

केन्द्र राजनीतिमा आएको उतार चढावले कांग्रेस नेतृत्वका म ...

सुनसरीमा डीजे बाजाको विवाद हिंसामा परिणत हुँदा एकक

बोलबम यात्राका लागि निस्किएका युवाले डीजे बाजा बजाएको व ...

साउन ११ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ११ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब