किशिङ सिन गर्दा इमरान हाशमी डराएपछि.....

  • कार्तिक २७, २०८० | ६४२ पटक पढिएको | सीमा संदेश
alt

नयाँ दिल्ली । हरेक कलाकारको आ–आफ्नै विशेषता र फरक खुबी हुन्छ । कोही एक्सन सिनमा पारंगत हुन्छन् त कोही हसाउन । बलिउडमा सिरियल किसर भनेर चिनिएका इमरान हासमी किसिङ सिनका लागि बढी चर्चित छन् । उनले आफ्नो करियरमा कयौँ हिट फिल्म दिएका छन् । उनका प्रायः फिल्म किसिङ सिनका कारण पनि चर्चित छन् ।

पछिल्ला केही समय उनले हिट फिल्मको स्वाद चाख्न पाएका छैनन् । एउटा फिल्ममा किसिङ सिन उनका लागि निकै भारी साबित भयो । यो कुरा हो सन् २०१३ मा आएको फिल्म घनचक्करको । फिल्मको सेटमा किसिङ सिन सुट भइरहेको थियो । इमारनको अपोजिटमा नायिका थिइन् विद्या बालन । विद्या बालनको पति सिद्धार्थ रोय कपुर फिल्मका निर्माता थिए । सिन खिच्ने बेलामा उनी विद्यालाई बारम्बार सिद्धार्थले देखि रहेको त छैन ? उसले देख्यो भने के हुन्छ ? आफ्नो पारिश्रमीक नै नदिने पो हो कि ? भन्ने चिन्ता सताइरहेको थियो । उनी यो सबै कुरा शुटिङको बेलामा विद्या बालनलाई भनिरहेका पनि थिए ।

तर यो फिल्म निकै फ्लप साबित भयो । इमरान हासमी किसिङ सिन सुट गर्ने बेलामा डराइरहेको कुरा विद्याले पछि एउटा कार्यक्रममा भनेकी थिइन् । विद्या र इमरानले डर्टी पिक्चर्स लगायत कयौँ फिल्म खेलेका छन् । डर्टी पिक्चर्स भने फिल्म निकै हिट भयो । फिल्ममा विद्या र इमरान दुवैको कामलाई दर्शकले निकै मन पराएका थिए । तर पछिल्लो समय यी दुवैको फिल्मले खासै कमाल गर्न सकेको छैन । विद्या अहिले वर्षमा एउटा मात्रै फिल्म खेलिरहेकी छिन् ।

सुनसरी घटनाको असर : धनगढीमाई र गोलबजारमा पूर्वपश्च

सिरहा । सिरहाको धनगढीमाई र गोलबजार स्थित पूर्व पश्चिम र ...

गोलबजारमा सुनसरी घटनाको विरोधमा प्रदर्शन

सिरहा।सुनसरीको देवानगञ्ज गाउँपालिका ३, कप्तानगञ्जमा प्र ...

देवानगञ्जमा सुरक्षा व्यवस्था कडा : सद्भाव कायम राख

कोशी प्रदेशको सुनसरीमा दुई समुदायबीच भएको झडपपछ उत्पन्न ...

साउन १२ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १२ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब