यो शताब्दीको अन्त्यसम्म पृथ्वीको तापक्रम वृद्धि २ दशमलव ९ डिग्री सेल्सियससम्म पुग्न सक्ने

  • मंसिर ५, २०८० | ३५५ पटक पढिएको | सीमा संदेश
alt

संयुक्त राष्ट्र सङ्घले यो शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम वृद्धि २ दशमलव ९ डिग्री सेल्सियससम्म पुग्नसक्ने चेतावनी दिएको छ ।

दुबईमा कोप–२८ जलवायु वार्ताको ठिकअघि पर्यावरण कार्यक्रमको वार्षिक उत्सर्जन रिक्तता रिपोर्ट जारी गर्दै संयुक्त राष्ट्र सङ्घले पृथ्वीलाई मुख्य सीमाभन्दा धेरै तापक्रम वृद्धिको मार्गमा डोहोर्याएको बताएको हो ।

कार्बन कटौती गर्ने देशहरूको योजनाबारे ध्यानाकर्षण गर्दै संयुक्त राष्ट्र सङ्घले पृथ्वीमा सन् २१०० सम्ममा २ दशमलव ५ डिग्री सेल्सियस र २ दशमलव ९ डिग्री सेल्सियस तापक्रम वृद्धि हुने जनाएकाे हाे । 

प्रतिवेदनमा अहिलेसम्म तापक्रम वृद्धि रोक्न गरिएका प्रयास असफलतातर्फ उन्मुख रहेको उल्लेख गरेको छ । अहिले पृथ्वीको वायुमण्डलको तापमानवृद्धि एक दशमलव ४ डिग्री सेल्सियस रहेको छ । संयुक्त राष्ट्रसङ्घले विश्वको तापक्रम वृद्धि एक दशमलव ५ डिग्री सेल्सियसमै सीमित गर्नुपर्ने बताउँदै आएको छ ।  

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब