बर्दिवास, ८ मंसिर। महोतरीको गौशालामा रहेको एक नीजि विद्यालयका सञ्चालकले छात्रालाई जवर्जस्ती करणी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ।
गौशाला नगरपालिका ५ स्थित गौशाला एकेडेमीमा अध्ययनरत ७ वर्षीया विद्यार्थीलाई जवर्जस्ती करणी गरेको आरोपमा एकेडेमीका सञ्चालक ३३ वर्षीय जुगलकिशोर साहलाई नियन्त्रणमा लिएको हो।
अभिभावकले जाहेरी दिएपछि विद्यालय सञ्चालक साहलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गौशलाका निरीक्षक मनोज यादवले जानकारी दिए।
प्रहरीले घटनाका सम्वन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिए।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved