प्रदेश सरकारका मन्त्री, सचिवदेखि कर्मचारीसम्मलाई विदेश भ्रमण जाने लर्को

  • मंसिर ९, २०८० | ३४३ पटक पढिएको | सीमा संदेश
alt

संघीय सरकारले आफ्ना सचिव तथा कर्मचारीहरुलाई विदेश भ्रमणमा रोक लगाइ रहेका बेला मधेश प्रदेश सरकारका मन्त्री तथा कर्मचारीहरुमा विदेश भ्रमणको लर्को लागेको छ ।

एक सप्ताह भन्दा बढी दिन जपान भ्रमण सकेर केही दिन पहिला मात्रै फर्केका प्रदेशका अर्थ मन्त्री संजय कुमार यादव पुनः अमेरिका भ्रमणमा जान लागेका छन् । उनी कुन कार्यक्रममा अमेरिका भ्रमणमा जान लागेको खुलेको छैन् । तर उनी केही दिनमै अमेरिका जाने कार्यक्रम तय भएको मन्त्री निकट स्रोतले जनाएको छ ।

अर्थ मन्त्रालयका उपसचिव अजय कुमार लाल कर्ण र लेखा अधिकृत विजय चौधरीले करिब १५ दिनको फिलिपिन्स भ्रमण गरेर दुई दिन अघि मात्रै फर्केका छन् ।

त्यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिव तथा पुर्व मुख्यसचिव किशोर चौधरी र प्रदेश सभाका अधिकृत दीपेन्द्र यादव पनि केही दिन अघि मात्रै चीनको भ्रमण गरी फर्केका छन् ।

मुख्यमन्त्री सरोज कुमार यादव नेतृत्वको मधेश प्रदेश सरकारको आउँदो महिना पुसमा एक वर्ष हुने छ । तर यो अवधिमा प्रदेश सरकारले न विकास निर्माणलाई अगाडि बढाउन सकेको छ न त कानुन निर्माणलाई नै गति दिन सकेको छ । विकास निर्माणको कामलाई गति दिने बेलामा मन्त्री र कर्मचारीहरु विदेश भ्रमण जाने लर्को चलेपछि मधेश भवनमा सोही विषयमा टिकाटिप्पणी हुने गरेको छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब