चण्डीगढबाट चुनाव लड्ने चर्चाबिच कंगनाले के भनिन् ?

  • मंसिर १६, २०८० | ४१४ पटक पढिएको | सीमा संदेश
alt

चण्डीगढ । केही समययता अभिनेत्री कंगना रनौतले भाजपाको टिकटमा चण्डीगढबाट लोकसभा चुनाव लड्ने चर्चा चलिरहेको थियो । शुक्रबार अभिनेत्री कंगना आफैँले यी अफवाहको अन्त्य गरिन् ।

कंगनाले आफ्नो इन्स्टाग्राममा चुनाव लड्ने खबरको खण्डन गर्दै त्यस्ता समाचारलाई अड्कलबाजी भनेकी हुन् । लोकसभा चुनाव नजिकिँदै गर्दा टिकटका धेरै दाबेदारहरू आउन थालेका छन् । भाजपा र आम आदमी पार्टीमा धेरै नामको चर्चा भइरहेको छ। तर, पार्टीका वरिष्ठ नेताहरू अहिले अनुमान मात्रै भइरहेको बताउँछन् । यी कुरामा कुनै सत्यता नभएको उनीहरूको भनाई छ । केही दिनअघि कंगना भाजपाबाट र अभिनेत्री परिणीति चोपडा आम आदमी पार्टीबाट चुनाव लड्ने हल्ला फैलिएको थियो ।

शुक्रबार धेरै राष्ट्रिय च्यानलहरूले यी समाचारहरू चलाउँदा यी अफवाहहरूले गति लिए । त्यसपछि कंगना आफै अगाडि आएर यसको खण्डन गरिन् । कंगना रनौतले आफ्नो इन्स्टा अकाउन्टमा चण्डीगढ लोकसभा सीटबाट चुनाव लड्ने सम्बन्धमा बयान जारी गरेकी छिन् । कंगनाले चुनाव लड्ने कुनै पनि चर्चा वा समाचार अफवाह भएको बताएकी छन् । आफूले चुनाव लड्ने बारे आएका सबै समाचार अड्कलबाजी मात्र भएको उनको जिकिर छ। कंगनाले लेखेकी छिन्, ‘मेरा आफन्त र साथीभाइले उक्त समाचारको हेडिङलाई मेरो कथन मानेर पठाइरहेका छन् । तर हेडिङ मेरो भनाई होइन, यो सबै अनुमान हो ।

कंगना आफ्नो बोल्ने शैलीका लागि परिचित छिन् । कंगना विभिन्न विषयमा खुलेर कुरा गर्छिन् । र, यही कारणले गर्दा उनको भनाइले उनलाई अक्सर विवादमा ल्याइदिन्छ । कंगनाको भनाइ धेरैलाई मन पर्दैन र उनलाई गलत भन्दै कडा विरोध गर्छन् ।  

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

संकटमा मधेश सरकार

केन्द्र राजनीतिमा आएको उतार चढावले कांग्रेस नेतृत्वका म ...

सुनसरीमा डीजे बाजाको विवाद हिंसामा परिणत हुँदा एकक

बोलबम यात्राका लागि निस्किएका युवाले डीजे बाजा बजाएको व ...

साउन ११ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ११ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब