‘एनिमल’ रिलिजपछि सोसल मिडियामा भाइरल भैरहेकी तृप्ति डिमरी

  • मंसिर १८, २०८० | ४७७ पटक पढिएको | सीमा संदेश
alt

फिल्म ‘एनिमल’ रिलिज भएपछि एक जना सुन्दरी सामाजिक संजालमा भाइरल छिन् । यसअघि केही फिल्ममा अभिनय गरेकी यी सुन्दरीलाई ‘एनिमल’ रिलिज भएपछि भने दर्शकहरुले अझै नजिकबाट चिनेका छन् । गुगलमा पनि उनको खोजी बढेको छ । उनको नाम हो, तृप्ति डिमरी । 

यो फिल्ममा मुख्य नायिकाको भूमिकामा रश्मिका मन्दनाको अभिनय छ । तर, फिल्म रिलिज भएपछि तृप्तिको चर्चा बढी भइरहेको छ । 

यो फिल्ममा उनी निकै नै बोल्ड अवतारमा देखिएकी छिन् । यो फिल्ममा उनको र रनविर कपुरको बोल्ड दृश्य छायांकन गरिएको छ । उनी र रनविर बीचको चुम्बनको दृश्यले पनि हलमा राम्रै हुटिङ पाइरहेको छ । 

विशेषगरि, फिल्ममा तृप्तिलाई एक दृश्यमा न्यूड देखाइएको छ । फिल्ममा उनले दिएको यस्तै बोल्ड दृश्यका कारण उनको चर्चा बढेको हो । 

उसो त, तृप्तिले फिल्म ‘पोष्टर बोइज’बाट बलिउडमा करिअर सुरुवात गरेकी हुन् । यसपछि, उनले ‘लैला मज्नु’मा काम गरिन् । उनको अभिनयको तारिफ भने ‘बुलबुल र क्वाला’बाट सर्वाधिक भयो । तर, आम दर्शकको नजरमा भने उनी बल्ल परेकी छिन् । 

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

संकटमा मधेश सरकार

केन्द्र राजनीतिमा आएको उतार चढावले कांग्रेस नेतृत्वका म ...

सुनसरीमा डीजे बाजाको विवाद हिंसामा परिणत हुँदा एकक

बोलबम यात्राका लागि निस्किएका युवाले डीजे बाजा बजाएको व ...

साउन ११ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ११ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब