पूर्वप्रेमीले प्रेमिकाको अश्लिल तस्विर र भिडियो श्रीमानलाई पठाएपछि...

  • मंसिर २३, २०८० | ३८२ पटक पढिएको | सीमा संदेश
alt

काठमान्डौँ । पूर्वप्रेमीले एक महिलाको तस्विर र भिडियो सम्पादन गरी उनको श्रीमानलाई पठाएपछि पक्राउ परेका छन् । 

सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गरेको आरोपमा युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले बुधवार राति काठमाडौं बबरमलबाट ती युवक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा चितवन, रत्ननगर नगरपालिका वडा नं. १० स्थायी घर भई हाल काठमाडौं बस्ने ४२ वर्षीय चतुरमान महतो रहेका छन् । 

प्रहरीका अनुसार पीडित महिला र युवकबीच एक वर्षअघि भेट भएको थियो । त्यही क्रममा उनीहरूबीच सामान्य भेटघाट तथा तस्वीर र भिडिओ आदानप्रदान भएको थियो । त्यसको केही समयपछि ती महिलाको बिहे अर्कै पुरुषसँग भयो । 

त्यसपछि महतोले महिलाको फोटो तथा भिडिओ सम्पादन गरेर अश्लील बनाई उनका श्रीमानलाई पठाइदिए । यसरी वैवाहिक जीवनमै आँच आउने र चरित्रहत्या गरेको भन्दै युवतीले उजुरी दिइन् ।

त्यसैको आधारमा प्राविधिक विश्लेषण गर्दै जाँदा महतो संलग्न भएको प्रमाणित भएपछि पक्राउ गरेको ब्यूरोका प्रवक्ता पशुपतिकुमार रायले जानकारी दिए । उनीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान तथा कारवाही भइरहेको छ ।

सिरहामा हवाई फायर गरेर लागुऔषध कारोबारी पक्राउ

सिरहामा प्रहरीले हवाई फायर गरेर लागुऔषध कारोबारीलाई पक् ...

कार्तिक १२ गते बिहीबार ,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल कार्तिक १२ गते । बिहीबार । ईश्वी सन् २०२ ...

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब