सिरहा, ६ पुस। बाल यौन दुव्यवहार मुद्दामा पक्राउ परेका युवक जिल्ला अदालत सिरहा अगाडीबाटै फरार भएको छ।
बल यौन दुराचार अभियोगमा हिजोमात्र पक्राउ परेका लहान २१ का ३६ वर्षिय छोटु सदाय मुसहर म्याद थपको लागि जिल्ला अदालत पुर्याएका बेला आज अपसान्ह सकारी वकील कार्यालय अगाडीमाटै भागेको हो।
इलाका प्रहरी कायालय लहानले गाडीमा म्याद थपको लागि सरकारी वकील कार्यालय अगाडी पुर्याई हतकडी खोलेर गाडीबाट ओराल्ने क्रममा भागेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रविन्द्र राज पाण्डेले जानकारी दिए।
फरार सदायको खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved