सिरहा । सिरहाको मिर्चैयास्थित रहेको न्यू एभेरेष्ट होटेल एण्ड लजबाट छ जना पक्राउ परेका छन् । होटेलमा वेश्यावृति भईरहेको खवरपछि प्रहरीले गरेको छापामारी छ जना पक्राउ परेको हो ।
मिर्चैयास्थित सँचालनमा रहेको एभेरेष्ट होटल एण्ड लजमा विहिबार गरिएको छापामारीको क्रममा सिरहास्थित रहेको जेम्स ईँगलिस बोर्डिँग स्कूलका सँचालकसहित छ जनालाई पक्राउ गरिएको हो ।
विहिबार नै मिर्चैयास्थि रहेको थप एक होटेलमा गरिएको छापामारीको क्रममा ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
सो क्रममा सिरहा नगरपालिका वडा नं. १ स्थित सँचालनमा रहेको जेम्स स्कूलका सँचालक विकास कुमार साहसहित सर्लाही, बारा, धनुषा, सिरहाका महिलाहरु समेत पक्राउ परेकी हुन् ।
मिर्चैया प्रहरीले उनीहरूमाथि अभद्र व्यवहार मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडी बढाइएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।
होटलहरूमा निगरानी बढाएको भन्दै गलत गतिविधिमा संलग्न रहेकाहरूलाई कानुनी कारवाही हुने पनि उनले जनाए ।
यता, होटेल खोलेर वेश्यावृति चलाएका धनुषा क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ बस्ने सुनिल यादव र सोही स्थित ओखलढुँगे होटेल सँचालन गरी बसेका मिर्चैया नगरपालिका वडा नं. ११ बस्ने जय कुमार यादवलाई समेत पक्राउ गरी मुद्दा चलाईने भएको छ ।
धनुषा महेन्द्रनगरका सुनिल साह र सिरहा मिर्चैयाका जय कुमार यादवले होटल सँचालन गरी वेश्यावृति समेत गराउँदै आएका थिए । उनीहरुमाथि अभद्र व्यवहारको मुद्धा चलाईने भएको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved