अबैध उत्खनको लागि गैरकानूनी सिफारिस दिएको आरोपमा वडाध्यक्ष पक्राउ

  • पुस १४, २०८० | ४९१ पटक पढिएको | सीमा संदेश
alt

चुरे र वन क्षेत्रबाट अवैध उत्खनन् रोक्ने अभियानमा उत्रिएको डिभिजन वन कार्यालय लहानले फेरि अर्को कडा कदम चालेको छ । कमला नदीको वन र चुरे संरक्षित क्षेत्रमा उत्खनन् गर्न ठेकेदारलाई गैर कानूनी रुपमा सिफारिस दिएको अभियोगमा कर्जन्हा नगरपालिका वडा नं. १ का वडाध्यक्ष फणिन्द्र प्रसाद पोखरेललाई पक्राउ गरिएको हो । वडाध्यक्ष पोखरेल अहिले डिभिजनल वन कार्यालय लहानको हिरासतमा छन् ।

डिभिजनल वन कार्यालय लहानका सूचना अधिकारी राधेश्याम चौधरीका अनुसार कमला नदीको बल्टिया क्षेत्रमा संरक्षित चुरे र वन क्षेत्रबाट उत्खनन् गर्ने कमलेस्वरी कमला क्रसर उद्योगका सञ्चालक मोहमद खलिल राइन , स्काभेटर सहित चालक प्रदीप कुमार दर्लामी र स्थानीय ठेकेदार निरज बस्नेतलाई गत पुष ७ गते नै पक्राउ गरिएको थियो ।

ठेकेदारलाई वन क्षेत्रभित्रबाट उत्खन्न् गर्ने गराउने गरी गैर कानूनी रुपमा सिफारिस दिएको प्रमाण फेला परेपछि वन कार्यालयले वडाध्यक्ष पोखरेललाई पनि नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ गरिएका व्यक्तिहरु उपर चुरे संरक्षित क्षेत्र तथा वन क्षेत्रमा अवैध उत्खनन् गरेको कसुरमा मुद्दा चलाइने सूचना अधिकारी चौधरीले स्पष्ट पारेका छन् ।

मधेशभर खाना पकाउने ग्यासको अभाव

मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपीजी ग्यास ...

बिहारको राजनीतिमा पीकेको उदय

नयाँदिल्ली — कक्रोच जनता पार्टी (सीपीजे) नेतृत्वक ...

विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइन

राष्ट्रिय बाल अधिकार परिषद्ले विद्यालयमा विद्यार्थीको इ ...

साउन १९ गते मंगलबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १९ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब