दर्ता नगरी सामाजिक सञ्जाल चलाए ५० लाखसम्म जरिवाना गाली–बेइज्जती, गोपनीयता भंग गर्ने प्रयोगकर्तालाई १० लाख रुपैयाँसम्म जरिवाना

  • पुस १६, २०८० | ३१७ पटक पढिएको | सीमा संदेश
alt

नेपालमा सामाजिक सञ्जालको प्लेटफर्म दर्ता नगरी सञ्चालन गरेमा ५० लाखसम्म जरिवाना हुने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको सामाजिक सञ्जालको प्रयोग तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामा यस्तो व्यवस्था गरिएको छ ।

विश्व बजारमा चलेका सामाजिक सञ्जालको नेपाल प्रतिनिधि सार्वजनिक पद धारण गर्ने व्यक्ति भएर पनि दर्ता नभएको पाइए ५० लाख जरिवानाको व्यवस्था गरिएको छ । तर, नेपालमा दर्ता नगरी सञ्चालन भएका सामाजिक सञ्जालका नेपाल प्रतिनिधि अन्य व्यक्ति रहेको खण्डमा २५ लाख जरिवानाको व्यवस्था गरिएको मस्यौदामा उल्लेख छ । यस्तो प्लेटफर्म प्रयोग गरी कसैलाई गाली–बेइज्जती गरेमा, गोपनीयता भंग गर्ने प्रयोगकर्तालाई पाँच लाख रुपैयाँसम्म जरिवाना हुनेछ । तर, सार्वजनिक पद धारण गरेका व्यक्तिले यस्तो कसुर गरेमा भने दोब्बर अर्थात् १० लाख रुपैयाँ जरिवानाको व्यवस्था गरिएको छ । यस्तो कसुर दोहोर्‍याएमा पटकैपिच्छे दोब्बर जरिवाना हुने व्यवस्था गरिएको छ 

सामाजिक सञ्जाल व्यवस्थापन परिषद् व्यवस्था गरिने
सामाजिक सञ्जालको सञ्चालन र प्रयोगलाई नियमन गर्न सामाजिक सञ्जाल व्यवस्थापन परिषद्को व्यवस्था गरिने भएको छ । सञ्चार विधेयकको मस्यौदामा उल्लेख भएअनुसार परिषद्को अध्यक्ष सञ्चारमन्त्री रहनेछन् । त्यस्तै, सञ्चार सचिव, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष, सामाजिक सञ्जाल प्लेटफर्मका सञ्चालक वा प्रतिनिधि एक महिलासहित दुईजना, सूचना प्रविधि विभागका महानिर्देशक र मन्त्रालयका सहसचिव सदस्य रहनेछन् । साथै, सामाजिक सञ्जाल व्यवस्थापन केन्द्रका प्रमुख सदस्य सचिव हुनेछन् । 

परिषद्ले सामाजिक सञ्जालको सञ्चालन र प्रयोगका सम्बन्धमा नीतिगत व्यवस्था गर्नेछ । सामाजिक सञ्जालको नियमनसम्बन्धी अध्ययन–अनुसन्धान गरी कानुनी व्यवस्था परिमार्जन गर्न सरकारलाई सिफारिस गर्नेछ । साथै, सामाजिक सञ्जालका सञ्चालक र प्रयोगकर्ताले पालना गर्नुपर्ने सर्तहरू निर्धारण गर्ने, सामाजिक सञ्जाल व्यवस्थापन केन्द्रको काम–कारबाहीको अनुगमन गरी आवश्यक निर्देशन दिनेछ ।  

त्यस्तै, सामाजिक सञ्जालको सञ्चालन, व्यवस्थापन र नियमनसम्बन्धी नियमित तथा प्रशासनिक काम गर्न मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी कुनै निकायलाई व्यवस्थापन केन्द्रका रूपमा तोक्न सक्नेछ । व्यवस्थापन केन्द्र नतोकिएसम्मका लागि मन्त्रालयको सूचना प्रविधि महाशाखाले सामाजिक सञ्जाल व्यवस्थापन केन्द्रको काम गर्नेछ । त्यस्तै, सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित बनाई सामाजिक सञ्जालको दुरुपयोगबाट पीडित व्यक्तिको गुनासो व्यवस्थापन गर्न सूचना तथा प्रसारण विभाग, विज्ञापन बोर्ड, प्रेस काउन्सिल, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल प्रहरी निकायका रूपमा रहनेछन् । 

विधेयकबमोजिम सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्था केन्द्रमा दर्ता हुनुपर्नेछ । यो ऐन प्रारम्भ हुनुअघि सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्म ऐन प्रारम्भ भएको मितिले तीन महिनाभित्र सामाजिक सञ्जाल व्यवस्थापन केन्द्रमा निवेदन दिनुपर्नेछ ।

तर, यसअघि नै सञ्चार मन्त्रालयमा सूचीकरण भएका सामाजिक सञ्जाल प्लेटफर्म दर्ताका लागि निवेदन दिनुपर्नेछैन । सूचीकरण हुँदाका बखत पेस गरेका सम्पूर्ण कागजात र तत्सम्बन्धी अन्य अभिलेख मन्त्रालयले ऐन प्रारम्भ भएको तीन महिनाभित्र सामाजिक सञ्जाल व्यवस्थापन केन्द्रमा पठाउनुपर्नेछ । साथै, एक लाखभन्दा कम प्रयोगकर्ता हुने गरी सञ्चालन गरिने सामाजिक सञ्जाल दर्ता गर्नुपर्नेछैन । यसअघि गत कात्तिकमा सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० पारित गरेको छ ।

महिला, बालबालिकाको गुनासोलाई प्राथमिकता दिनुपर्ने
सामाजिक सञ्जालमा गरिने कसुरविरुद्ध उजुरी दिनेमध्ये महिला, बालबालिका तथा यौनिक अल्पसंख्यकको गुनासोलाई प्राथमिकता दिनुपर्नेछ । सञ्चार मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदामा सामाजिक सञ्जालका सम्बद्ध निकाय, सम्पर्क विन्दु, प्लेटफर्म र इकाइले गुनासो सुनुवाइसम्बन्धी कार्य गर्दा उनीहरूलाई प्राथमिकता दिन मस्यौदामा लेखिएको छ । तर, विपत् तथा संकटग्रस्त अवस्थाको घोषणा भएको तथा महामारी एवं अन्य विशेष अवस्थामा प्रचलित कानुनबमोजिमको व्यवस्था परिपालना गर्नुपर्नेछ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब