अख्तियार सामु जनप्रतिनिधिको रोदन

  • पुस १९, २०८० | २५७ पटक पढिएको | सीमा संदेश
alt

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी आयोजित एक कार्यक्रममा जनप्रतिनिधिहरुले आफ्ना अधिकारका लागि पहल गरिदिन भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई गुहारेका छन् ।

जनकपुरधाममा बुधबार आयोजित प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धनका लागि आयोगले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी भएका उपप्रमुखहरुले प्रमुखले दिने गरेको पीडा र व्यवहारका कारण आफूहरु लाचार भएको बताए ।

धनुषाको मिथिलाविहारी नगरपालिकाकी उपप्रमुख शोभादेवी साहले नगरप्रमुख राजेन्द्रप्रसाद यादवका कारण आफ्नो अधिकार हनन् भएको बताइन् । उपप्रमुख साहले नगरप्रमुखले न्यायिक समिति गठन, अनुगनको कार्यदेखि आफ्नो अधिकारसहितका क्षेत्रमा बाधा अवरोध खडा गर्दै आफ्नो अधिकार कुण्ठित गर्न कुनै कसर बाँकी नराखेको गुनासो गरिन् । उनले भनिन्, ‘न्यायिक समिति सञ्चालन हुनका लागि कार्यविधि चाहिन्छ, तर सो कार्यविधि नगरप्रमुखले अहिलेसम्म बन्न दिएका छैनन् । उपप्रमुखको काम नगर विकासलगायतका कामकारवाही गर्ने अधिकार हुँदासमेत मलाई नै बेवास्ता गर्दै नगरप्रमुखले कार्यालय प्रमुखदेखि सबैलाई मिलाएर पालिकाको कार्यालय नै आफ्नो कब्जामा लिई मेरो अधिकार हनन गरेको छ । मैले चढ्ने गाडीसमेत मलाई चढ्न नदिइ गाडी नै बिक्री गर्ने योजनामा छन् । अनुगमनको अधिकार कटौती गर्नुको कारण नगरप्रमुखले ठेकेदारहरुसँग मोटो कमिसनका लागि मेरो क्षेत्राधिकार हनन् गर्दै मलाई निर्णायक तहमा समेत बेवास्ता गर्दै आएको छ ।’ मेरो सेवासुविधामा समेत बन्देज लगाएर मलाई घेराबन्दीमा पारेको उनले आरोप लगाइन् ।

त्यस्तै कमला नगरपालिकाकी नगर उपप्रमुख शिलादेवी मण्डलले सरकारले गाउँगाउँमा सिंहदरबार भनेर प्रत्येक स्थानीय तहमा पठाएको सिंहदरबारको नाउँमा सिंह मात्रै आएको बताउँदै उनले स्थानीय तहमा आएको सिंहले गाउँघरमा विकास र सुशासनको नाममा डराउने तर्साउने काम मात्र भएको बताइन् । नगर उपप्रमुख मण्डलले भनिन्, ‘सिंहदरबारको नाममा पठाइएको सिंहदरबार काठमाण्डुमै रहेको र यहाँ सिंह मात्रै आएर सर्वसाधारणदेखि उपप्रमुख र सदस्यहरुलाई डराउने तर्साउने र धम्काउने गरेको छ ।’ उनले स्थानीय तहलाई समावेशी बनाउने नाममा कार्यालयमा आफू मात्रै एक महिला दर्जन भन्दा बढी पुरुषहरुको बीचमा बस्नु पर्दा निकै कठिनाई भोग्नु परिरहेको बताइन् ।

त्यस्तै मिथिला नगरपालिकाकी सुनिता सिंह बुढाथोकीले कानुनमा नगर उपप्रमुखलाई दिइएको अधिकार नगरप्रमुखले खोस्दा पनि आफूहरुले केही गर्न नसकेको बताइन् । उनले आफ् नो अधिकारका लागि कहाँ गुनासो गर्ने भन्ने निकाय पनि नरहेको गुनासो गरिन् । तर, धनौजी गाउँपालिकाका अध्यक्ष राजकुमार साहको पीडा भने बेग्लै छ । वर्षदिन नवित्दै तीन भन्दा बढी हाकिम फेरबदल हुँदा कार्यालयको कामका लागि निकै सास्ती भोग्नु परेको बताए । उनले सुरुमा नयाँ हाकिम आउँदा कामकारवाही गरे जस्तोदेखिए पनि केही समय नवित्दै सरुवा हुने वा काम गर्न नचाहने प्रवृत्तिले धनौजीको विकास निर्माणलगायत कार्यालय संचालनमा समेत समस्या र विभिन्न चुनौती आउने गरेको गुनासो गरे । उनले तीन/चार महिना नबित्दै हाकिमहरु आफै सहि छाप मिलाएर सरुवा भएको भन्दै रवाना लिइ जानकारी नगराउने प्रवृत्तिले आफू सास्ती खेप्नु परेको गुनासो गरे । उनले कर्मचारीले सही ढंगले काम नगर्दा जनप्रतिनिधिलाई पालिका चलाउन निकै समस्या आउने गरेकाले विकास निर्माणलगायतका कामकारबाहीमा अध्यक्षको पनि हस्ताक्षर अनिवार्यरुपमा राख्नु पर्ने आवश्यकता रहेको औल्याए ।

तर अख्तियार दुरुपयोग अनुसंधान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षले कानुनमा उल्लेख भए अनुसारको अधिकार र काम कर्तव्यका लागि खोसेर भए पनि लिनुपर्ने बताए । उनले जनताबाट निर्वाचित भएर गएपछि आफ्नो अधिकारको रक्षा र जनताको कामकारबाहीका लागि आफै अग्रसर हुनुपर्ने हुनाले आफ्नो अधिकारका लागि आफै अघि बढ्नुपर्ने बताए । त्यस्तै मधेश प्रदेश सरकारका प्रमुख सचिव दिनेश कुमार घिमिरेले कर्मचारीले जनप्रतिधिलाई कानुन अनुसारको कामकाजमा सहयोग र समन्वय गर्न निर्देशन दिए । उनले कानुनको पालना गरेमा सबैले आ– आफ्नो अधिकारको सदुपयोग गर्न पाउने र सुशासनका लागि ठोस पहलकदमीसँगै प्रदेशमा भ्रष्टाचार नियन्त्रण हुँदै जाने र सुशासन समेत देखिने बताए ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब