सर्लाहीमा प्रहरी प्रदर्शनकारीबीच झडप, एक युवकको टाउकोमा हाने गोली, कर्फ्यू लगाईयो !

  • पुस २०, २०८० | ३९१ पटक पढिएको | सीमा संदेश
alt

सर्लाही । सर्लाहीमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा एक जनाको गोली लागेर मृत्यू भएको छ । 

नगर अस्पताललाई स्तरोन्नति गरेर प्रादेशिक अस्पताल बनाएर हस्तान्तरण गर्ने विषयमा झडप हुँदा एक युवकको ज्यान गएको हो । सो क्रममा सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर ६ घर भएका जयशंकर शाहको गोली लागेर मृत्यू भएको हो । 

आज (शुक्रबार) प्रदर्शनको क्रममा प्रहरीले चलाएको गोली लागेर शाहको मृत्यू भएको हो । शाहको मृत्यू भएपछि प्रदर्शनकारीले मेयर कल्पना कुमारीको घर सँगैको जस्ताको टहरो र गाडी जलाएका छन् । 

आन्दोलनकारीले प्रहरीको गाडी पनि तोडफोड गरेका छन् । स्थिति नियन्त्रणमा लिन हवाई फायर गरिएको सर्लाहीका एसपी प्रवीण धितालले बताए । यद्यपी, हवाई फायर गर्दा शाहको टाउकोमा कसरी गोली लागेको भन्ने बारे उनले बोल्न चाहेनन् । 

युवकको मृत्यूपछि अवस्था जटिल हुन नदिनको लागि प्रशासनले सो क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । आज (शुक्रबार) बेलुका साढे ५ देखि भोलि (शनिबार) बिहान ८ बजेसम्म बरहथवा नगर क्षेत्रको पूर्वमा सीतापुर जाने बाटोको ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोती–चोर्निया पुल क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको प्रशासनले जनाएको छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब