घुस मागेपछि कुटिए कपिलवस्तु मालपोतका कर्मचारी

  • पुस २०, २०८० | ३७९ पटक पढिएको | सीमा संदेश
alt

रूपन्देही । फाइल खोल्न घुस मागेको भन्दै कपिलवस्तु मालपोतका कर्मचारी कुटिएका छन् । भूमि सुधार तथा मालपोत कार्यालय कपिलवस्तुका मोठ फाँटमा कार्यरत करार सेवाका कार्यालय सहयोगी निरज कँडेलमाथि कुटपिट भएको हो । कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिका वडा नम्बर ६ महुवाका सर्वजित् मिश्राले कँडेललाई कुटपिट गरेका हुन् ।

कँडेललाई कुटपिट पश्चात मिश्रा कार्यालयबाट बाहिरिएर सम्पर्कविहीन बनेका थिए । कुटपिटका कारण कँडेलको निधारको देब्रे भागमा चोट पटक लागेको छ । दुवैबीचको आपसी असमझदारीले कुटपिटको घटना भएको हुन सक्ने लेखापढी व्यवसायीहरू बताउँछन् ।

यता घटना पछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र वडा प्रहरी कार्यालय तौलिहवाको प्रहरी टोली कार्यालयमा पुगेको छ । कार्यालयले मिश्राविरुद्ध प्रशासनमा उजुरी दिने तयारी गरेको छ । कुटपिटको घटना आफैंमा गलत भएको भए पनि कुटपिट भएका कर्मचारी कँडेलको कार्यशैली प्रति अधिकांश लेखापढी व्यवसायी असन्तुष्ट रहेको दाबी छ ।

कुनै फाँटबाट अर्को फाँटमा फाइल पुर्याउँदा कँडेलले खुलम खुला घुस माग्ने गरेको लेखापढी व्यवसायीले आरोप लगाए । यता कार्यालयका कर्मचारीमाथि सांघातिक आक्रमण गर्ने व्यक्ति उपर कडाभन्दा कडा कारबाहीको माग अगाडि बढाइने कार्यालयका प्रमुख मालपोत अधिकृत देवी बहादुर भण्डारीले बताए ।
 
प्रमुख भण्डारीले आफू आएपछि घुसखोरी तन्त्र समाप्त परेको बताए । कहीँ त्यसो भएको खण्डमा आफूलाई भन्न सार्वजनिक सूचना प्रकाशन गरेको उनले बताए ।

मधेशभर खाना पकाउने ग्यासको अभाव

मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपीजी ग्यास ...

बिहारको राजनीतिमा पीकेको उदय

नयाँदिल्ली — कक्रोच जनता पार्टी (सीपीजे) नेतृत्वक ...

विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइन

राष्ट्रिय बाल अधिकार परिषद्ले विद्यालयमा विद्यार्थीको इ ...

साउन १९ गते मंगलबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १९ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब