बरहथवामा घटनामा ११ बुँदे सहमति, उठाइँदै युवकको लास

  • पुस २३, २०८० | ३६० पटक पढिएको | सीमा संदेश
alt

सर्लाहीको बरहथवा घटना विषयमा ११ बुँदे सहमति भएको छ । मृतक परिवार तथा आन्दोलनरत्त पक्ष र प्रशासनबीच आइतबार साँझ ११ बुँदे सहमति भएको हो ।

दोषी प्रहरीमाथि छानविन गरी कारबाही गर्ने, सहिद घोषणा गर्ने, मृतकको नामबाट प्रादेशिक अस्पतालको नामाकरण गर्ने, छानविनमा सघाउने, शव उठाउने लागयतको ११ बुँदे सहमति भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जानकारी दिए । सहमतिसंगै आन्दोलनरत्त पक्षले आन्दोलनको कार्यक्रम फिर्ता लिएको छ । प्रहरीले मृतक युवक जयशंकर साहको शव पनि प्रक्रिया पुर्याएर उठाउन लागेको छ ।

बरहथवा ६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति विषयमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर स्थानीय युवा व्यवसायी २७ वर्षीय जयशंकर साहको मृत्यु भएको थियो ।
विद्युत महसुल बुझाउन पुगेका सहामाथि प्रहरीले गोली चलाएपछि उनको घटनास्थलमै मृत्यु भएको थियो । उनी स्थानीय सर्लाही होटेलका संचालक तथा कुखुरा दानका हलसेल बिक्रेता थिए ।

मधेशभर खाना पकाउने ग्यासको अभाव

मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपीजी ग्यास ...

बिहारको राजनीतिमा पीकेको उदय

नयाँदिल्ली — कक्रोच जनता पार्टी (सीपीजे) नेतृत्वक ...

विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइन

राष्ट्रिय बाल अधिकार परिषद्ले विद्यालयमा विद्यार्थीको इ ...

साउन १९ गते मंगलबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १९ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब