श्रेष्ठको नागरिकता छानबिन गर्न समिति गठन, नगरिकता दिने प्रशासकिय अधिकृत झिकाइने, मेयरसित पनि वयान लिन

  • पुस २७, २०८० | ५०६ पटक पढिएको | सीमा संदेश
alt

नागरिकता किर्ते प्रकरणमा जिल्ला प्रशासन कार्यालय पर्साले छानबिन समिति गठन गरेको छ ।वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह माथि छानबिन गर्न समिति गठन गरिएको हो ।

नागरिकता किर्ते प्रकरण छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालको नेतृत्वमा ३ सदस्यीय समिति गठन गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । नागरिकता किर्ते प्रकरणमा ५ दिन भित्रमा अनुसन्धान प्रतिवेदन पेश गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी भुषालले बताए । रुबिना श्रेष्ठको नागरिकता सम्बन्धि हराएको प्रमाणको फाइल खोजीगरि जांचबुझ अगाडि बढाइसकेको जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार समितिले नागरिकता जारी गर्ने तत्कालीन प्रशासकीय अधिकृत षड्कुमार पोखरेललाई बयानका लागी बोलाइएको छ । तत्कालीन प्रशासकीय अधिकृत पोखरेलले राजेशमान सिंहलाई बाबुका रुपमा सनाखत गराएर नागरिकता बितरण गरेको अनुसूची फारम अहिलेसम्म फेला परेको छैन । ’आमा बाबुको विवरण खुलाइएको फारम अझै भेटिएको छैन, जन्मदर्ता समेत रेकर्डबाट हटाइएको देखियो,’ भुषालले भने ,‘आन्तरिक अनुसन्धान सकिएपछि मेयर सिंहलाई मात्र बयानका लागि बोलाइने छ ।’ मेयर सिंहले भने नागरिकता प्रकरणमा जवाफ दिन वा संचार माध्यमहरुसंग कुरा गर्न आनाकानी गर्दै आएका छन् ।

नागरिकताको सनाखत गर्ने व्यक्तिको नाम राजेशमान सिंहसहित उनको नागरिकता नम्बर ३४१६०३८..१७ उल्लेख छ ।बुवाको प्रमाणको रुपमा सिहकै नागरिकताको प्रतिलिपि पेश गरिएको छ ।

नागरिकतामा बाबुको नाम लेखिए पनि आमाको नाम भने उल्लेख गरिएको छैन । नागरिकता प्रकरणमा विभिन्न दलहरुको बिरोध पछि गृहप्रशासन माथि दबाव बढदै गएको छ ।बुधबार नगर प्रमुखले किर्ते गरेको प्रकरणको छानबिनको मांग गर्दै वीरगन्जमा जुलुस प्रदर्शन भएको थियो । जुलुस पछि महानगरका मेयर राजेशमान सिंहविरुद्ध थप १५ जना स्थानिय नेताहरुले संयुक्त रुपमा जाहेरी दर्ता गराएका छन् ।

नक्कली बाबु बनेर नागरिकता दिएको प्रकरणमा उनीविरुद्ध वीरगंजका सचेत नागरिकको तर्फबाट विभिन्न पार्टीका प्रतिनिधि र स्थानीयहरुले जिल्ला प्रशासन कार्यालय पर्सामा जाहेरी दिएका हुन् ।

वीरगंजका सचेत नागरिक अगुवाहरुको समुहले बुधबार मेयरविरुद्ध वीरगंज महानगरका विभिन्न स्थानहरुमा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका थिए । जाहेरीमा नक्कली बाबु बनेर नागरिकता दिलाएका वीरगंज महागरपालिकाका वडा नम्बर ३ का ५३ वर्षिय मेयर राजेशमान सिंह र नागरिकता जारी गराएकी वर्ष २१ की युवतीलाई बिपक्षी बनाइएको छ । ‘नक्कली’ बाबु बनेर झुटो विवरण पेस गर्दै एक किशोरीलाई वंशजको नागरिकता दिलाएको विषयमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध सामूहिक उजुरी परेको छ । सिंहविरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा १६ जनाले उजुरी दिएका छन् ।

सिंहले जन्म दर्ता लगायत सम्पूर्ण कागजपत्रहरू झुटो बनाएर २०७५ साल साउन १३ गते रुविना श्रेष्ठलाई वंशजको आधारमा नागरिकता दिलाएको आरोप छ । जाहेरी दर्ता गराउनेहरुमा जसपाका स्थानीय नेता मनोज राउत कुर्मी, जनमत पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला सह इन्चार्ज मुकेश द्विवेदी, जल्ला अध्यक्ष ओमप्रकाश सरार्फ, नेपाली कांग्रेसका नगर सदस्य सुलतान अन्सारी, नेकपा एमालेका मधेश प्रदेश सदस्य ल्याकत अली, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता राजेश पटेल र राप्रपाका नेता जलेश्वर सर्राफ लगायत रहेका छन

। किर्ते नागरिकता बनाएकी श्रेष्ठ राहदानी बनाएर विदेश उडिसकेकी छन् ।मेयर सिंहले श्रेष्ठको पिताको रुपमा नागरिकतामा सनाखत गरेपनि उनकी पत्नीले भने आफूहरुको एकमात्र सन्तान रहेको सार्वजनिक रुपमा बताउदै आएकी छन् ।

यस अघि मेयर बिरुद्ध नेपाली कांग्रेस पर्साका क्षेत्र नम्बर २ का सभापति सहाबुद्दिनले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका थिए । मेयर सिंहले श्रेष्ठको पिता नागरिकतामा रहेपनि अन्य कुनैपनि सरकारी कागजातमा उनको नाम उल्लेख गरेका छैनन् ।

मधेशभर खाना पकाउने ग्यासको अभाव

मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपीजी ग्यास ...

बिहारको राजनीतिमा पीकेको उदय

नयाँदिल्ली — कक्रोच जनता पार्टी (सीपीजे) नेतृत्वक ...

विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइन

राष्ट्रिय बाल अधिकार परिषद्ले विद्यालयमा विद्यार्थीको इ ...

साउन १९ गते मंगलबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १९ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब