धोकेबाज हौ तिमी : एलिना चौहानको आफ्नै जीवनसँग मेल खाने त्यो गीत !

  • माघ ९, २०८० | ३६४ पटक पढिएको | सीमा संदेश
alt

जुनीभरिलाई रुवाई गयौ तिमी
अझै पनि यो मनमा छौ तिमी
धोकेबाज हौ तिमी, धोकेबाज हौ तिमी

गायिका एलिना चौहानको चर्चित गीतको एक अंश हो यो । यही गीतले उनलाई सांगीतिक क्षेत्रमा नयाँ पहिचान दिलायो । अहिले पनि यो गीत एलिना सहभागी हुने मेला महोत्सवमा दर्शकको रोजाइमा पर्ने गर्छ । जुन गीतलाई लिएर विगतमा उनले प्रशस्तै चर्चा बटुलेकी थिइन् । 
सांगीतिक कार्यक्रममा उनले यो गीत गाइरहँदा कयौँ युवायुवती छाती पिटीपिटी उनको स्वरमा स्वर मिलाउँदै रुन्थे । जुन भिडियोहरू भाइरल समेत भएका थिए । 

तर चर्चाको त्यो शिखरमा रहँदा एलिनाले कुनै दिन यो गीत आफ्नै जीवनसँग मेल खान्छ भनेर सायद कल्पनै पनि गरेकी थिइन् । अहिले यो गीतका हरफ उनको जीवनसँग मेल खाइरहेको छ । प्रसङ्ग उनको प्रेमी विष्णु सापकोटासँगको ब्रेकअपको हो । एक वर्षदेखिको विष्णुसँगको उनको प्रेम अहिले ब्रेकअपमा परिणत भएको छ ।

एलिनाको विष्णुसँग भेट अघिल्लो वर्षको तिज कार्यक्रममा अस्ट्रेलिया जाँदा भएको थियो । लोकदोहोरी प्रतिष्ठान अस्ट्रेलिया शाखाका अध्यक्ष समेत रहेका उनी केही अगाडिदेखि त्यहाँ बस्दै आएका थिए । भेट बाक्लिँदै जाँदा उनीहरुबीच प्रेम बसेको थियो ।

प्रेमको चर्चा मिडियासम्म पुगेपछि उनीहरू दुवैले प्रेम स्वीकार गर्दै सामाजिक सञ्जालमा विभिन्न भिडियो पोस्ट गरेका थिए । प्रेममा परेपछि विष्णुले नेपाल आएर एलिनासँग एउटा युगल गीत रेकर्ड गराएका थिए भने परिवारसँग समेत भेटेका थिए । उनीहरुबीच गत मंसिरमा विवाह हुने कुरो पनि भएको थियो । मंसिर अगाडि साथीभाइसँगको भेटमा एलिनाले मंसिरमा विवाह गर्ने समेत बताउँदै आएकी थिइन् । तर त्यो कुरो त्यसै सेलायो । अहिले भने उनको विष्णुसँगको प्रेममा ब्रेकअप भएको छ । बिष्णुसँगको ब्रेकअप उनी आफैले स्वीकार गरिसकेकी छन् । उनी अहिले भन्छिन्–त्यो प्रेम सम्झन चाहन्नँ ।

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

संकटमा मधेश सरकार

केन्द्र राजनीतिमा आएको उतार चढावले कांग्रेस नेतृत्वका म ...

सुनसरीमा डीजे बाजाको विवाद हिंसामा परिणत हुँदा एकक

बोलबम यात्राका लागि निस्किएका युवाले डीजे बाजा बजाएको व ...

साउन ११ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ११ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब