अन्तरिक्षमा नक्कली सूर्यग्रहण लगाउँदै युरोपेली वैज्ञानिक

  • माघ १३, २०८० | ४०४ पटक पढिएको | सीमा संदेश
alt

 युरोपेली अन्तरिक्ष एजेन्सी (ईएसए) को प्रोबा ३ मिसन आगामी सेप्टेम्बर महिनामा भारतको पिएसएलबी रकेट मार्फत् प्रक्षेपण गर्नका लागि तयार छ ।

उक्त नयाँ मिसनमा दुईवटा ससाना स्याटेलाइट, एउटा कोरोनाग्राफ र एउटा अकुल्टर रहेका छन् जसले करीब १५० मिटरको दूरीमा उडान भर्नेछ ।

एजेन्सीका अनुसार यो मिसन एउटा कृत्रिम सूर्यग्रहणको सिर्जना गर्नका लागि दुईवटा उपग्रहको बीचमा उडान भर्नेछ । यसबाट सूर्यको धमिलो कोरोनाको नयाँ दृश्य सार्वजनिक हुनेछ ।

कृत्रिम सूर्यग्रहणका अतिरिक्त यो मिसनको उद्देश्य सौर्य कोरोना तथा सौर्य हावाको गतिशीलताको अध्ययन गर्नुपनि हो, जुन अन्तरीक्ष मौसमका घटनाहरुमा महत्वपूर्ण हुनेछ ।

प्रोबा थ्री मिसनमा दुईवटा साना परिष्कृत स्याटेलाइट छन् जसलाई प्रष्ट रुपमा अन्तरीक्षमा एक फरक स्थितिका लागि डिजाइन गरिएको हो । एउटाले सूर्यको निरीक्षण गर्नका लागि कोरोनाग्राफका रुपमा का मगर्दछ भने दोश्रोले एउटा अकुल्टरको रुपमा काम गर्दछ जसले सूर्यको उज्यालो चमकलाई रोक्दछ ।

अकुल्टरले सूर्यको प्रकाशलाई रोक्नाले कोरोनाग्राफलाई एक पटकमा केही घण्टाका लागि धमिलो सौर्य कोरोनाको तस्वीर तयार गर्ने मौका उपलब्ध गराउँछ । अर्थात् यो एउटा कृत्रिम सूर्यग्रहण जस्तै हुनेछ ।

यो मिसनको पहिलो उद्देश्य भनेको सौर्यावलोकन हो । साथै यसले सटिक उडानको पनि प्रदर्शन गर्नेछ जसले अधिक उत्कृष्ट अन्तरीक्ष मिसन सञ्चालनका लागि मार्गप्रसस्त गर्नेछ ।

यसमा दुईवटा स्याटेलाईटको अलाइनमेन्ट १५० मिटरको दूरीमा केही मिलिमिटरको सीमाभित्र हुनेछ, जो अन्तरीक्षमा परिवर्तनलाई हेर्दा एक अविश्वसनीय उपलब्धि हुनेछ ।

प्रोबा थ्री मिसनको सफलता भविष्यको स्पेस टेलिस्कोप तथा इन्धन भर्ने मिसनका लागि अहम सावित हुनेछ । यो मिसनले वैज्ञानिकहरुलाई प्राकृतिक ग्रहणमा समेत सूर्यको कोरोनाको अध्ययन गर्न सहज बनाउने छ जसले सौर्य अनुसन्धानका लागि निकै महतवपूर्ण तथ्य उपलब्ध गराउनेछ ।

यो मिसनमा प्रयोग भएका दुईवटा स्याटेलाइटमध्ये एउटा कोरोनाग्राफको तौल ३४० केजी छ भने अकुल्टरको तौल २०० केजी छ । यो मिसनमा युरोपेली अन्तरीक्ष एजेन्सी र भारतीय अन्तरीक्ष एजेन्सीबीचको सहकार्यलाई पनि निकै महतवपूर्ण मानिएको छ ।

–एजेन्सी

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब