लिङदेनको टिप्पणीले रेखा थापा क्रुद्ध, अमेरिकाबाटै फर्काइन् जवाफ

  • माघ १४, २०८० | ४२२ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । आफ्नो अमेरिका यात्रालाई लिएर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गरेको टिप्पणीले अभिनेत्री रेखा थापा आक्रोशित बनेकी छन् । उनले अमेरिकाबाटै सामाजिक सञ्जालमार्फत लिङ्देनलाई जवाफ दिएकी छन् ।

स्मरणीय छ कि रेखा राप्रपाकी केन्द्रीय कार्यसम्पादन समिति सदस्य हुन् । उनी पार्टीकोमहाधिवेशनमा लिङदेनकै प्यानलबाट महामन्त्रीमा उठेर पराजित बनेकी थिइन् ।

लिङ्देनले हिजो एक सार्वजनिक कार्यक्रममा रेखाप्रति घुमाउरो टिप्पणी गरेका थिए । देशको दुरावस्था चित्रण गर्ने क्रममा उनले ‘एक कलाकार आफ्नो सन्तानलाई नेपाली बनाउन नचाहेर अमेरिका पुगेको’ बताएका थिए । यसलाई आफूप्रतिको कटाक्षका रूपमा बुझेर रेखा आक्रोशित बनेकी हुन् ।

उनले फेसबुकमा लिङदेनको नाम उल्लेख नगरी लेखेकी छन्, ‘देशको माया हुनेले आफ्नो सन्तान नेपाल फिर्ता बोलाए हुन्थ्यो ! अमेरिकामा किन राखेको ?’
 

राप्रपा अध्यक्ष लिङदेनकी छोरी अमेरिकामा छिन् । उनी उच्च शिक्षा अध्ययनका लागि एक वर्षअघि गएको निकट स्रोतले बतायो ।

‘उहाँ पढ्नका लागि मात्रै जानुभएको ह, अध्ययन सक्नेवित्तिकै फर्किनुहुन्छ,’ लिङदेननिकट स्रोतले भन्यो । लिङदेनका दुई छोरा नेपालमै अध्ययनरत छन् ।

रेखाले पार्टीलाई जानकारी नदिई अमेरिका गएको तथा अहिले अध्यक्षविरूद्ध गरेको टिप्पणीलाई गम्भीर रूपमा लिइने पार्टीका एक नेताले बताए ।

‘अध्यक्षले देशको अवस्था र प्रवृत्तिको चित्रण गर्दा उहाँको उदाहरण दिनुभएको थियो, तर उहाँले व्यक्तिगतरूपमा लिएर अध्यक्षमाथि नै खनिनु ठीक भएन’ स्रोतले भन्यो ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब