सलमान खानको नाममा भयो घोटाला

  • माघ १८, २०८० | २८५ पटक पढिएको | सीमा संदेश
alt

नयाँ दिल्ली । बलिउड अभिनेता सलमान खानको नाममा घोटाला भइरहेको छ । खानको प्रडक्शन हाउसले यसबारे अलर्ट गराउन नोटिस नै जारी गरेको छ । सलमान खान फिल्म्स (एसकेएफ)ले एउटा विज्ञप्ति जारी गर्दै आफ्नो प्रडक्शन हाउसको नामबाट अभिनेता र अभिनेत्रीहरूलाई आउन सक्ने फेक फोन कलबारे सतर्क गराएका थिए । अहिले आफूहरूले कुनै पनि फिल्मका लागि कास्टिङ नगरेको एसकेएफले भनेको छ । केही मान्छेले भ्रम फैलाइरहेको अनि यस्तो गर्ने विरुद्ध कडा कारबाही गर्न पनि भनिएको छ ।

एसकेएफको आधिकारिक ट्विटर ह्यान्डलबाट गरिएको ट्विटमा अहिले कुनै फिल्मको कास्टिङ नभएको बताइएको छ । आफूले गर्दै नगरेको कास्टिङ गरिरहेको भन्दै अफवाह फैलिरहेको थाहा पाएपछि एसकेएफले विज्ञप्ति जारी गरेको थियो । यस मामिलामा सलमान खानको समेत नाम मुछिएको छ । अभिनेताको नाम गलत तरिकाले प्रयोग भएको पाएपछि उनको नाम बदनाम नहोस् भनेर उनको टिमले ट्विटरमा एड्भाइजरी जारी गर्दै यसबारे अलर्ट गराएका थिए ।

सलमान खानको टिमले यस्तो खालको अलर्ट म्यासेज जारी गरेको  यो नै पहिलो पटक होइन । गएको वर्ष पनि कम्पनीले सलमानको नाम लिएर फेक गर्नेहरु विरुद्ध एक्सन लिएका थिए । भने सर्वसाधारणहरूलाई यसबारे सतर्क समेत गराएका थिए । सलमान खानको ब्यानरमा बजरंगी भाइजान, दबंग फ्रेन्चाइजी, हीरो, ट्युबलाइट, नोटबुक, लवयात्री, भारत, कागज, राधे, अन्तिम र किसीका भाइ किसीका जान जस्ता कयौं हिट फिल्म बनेका छन् ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब