पुनम पाण्डेलाई अर्को झड्का, क्यान्सरको ब्राण्ड एम्बासडर अस्वीकृत

  • माघ २५, २०८० | २७१ पटक पढिएको | सीमा संदेश
alt

मुम्बई । भारत सरकारले विवादित भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डेलाई सर्वाइकल क्यान्सर अवारनेस प्रोग्रामको ब्राण्ड एम्बासडर नबनाउने भएको छ । युनियन हेल्थ मिनिस्ट्रीले आधिकारिक विज्ञप्ति जारी गर्दै उनको गतिविधिले उनलाई अस्वीकृत गरिएको जानकारी दिएको हो ।

यसअघि पुनमलाई ब्राण्ड एम्बासडर बनाउनका लागि कुराकानी भइरहेको खबर सार्वजनिक भएको थियो ।  पुनमको टिमले गत फेब्रुअरी २ मा आफ्नो इन्स्टाग्राममा पुनमको सर्वाइकल क्यान्सरका कारण मृत्यु भएको झुटो कुरा पोस्ट गरेको थियो । यो पोस्टका कारण उनका फ्यान देखि लिएर बलिउडकर्मी शोकमग्न बनेका थिए । 

मृत्युको खबर भाइरल भएको भोलिपल्ट अर्थात फेब्रुअरी ३ मा पुनमले एक भिडियो सन्देश जारी गर्दै आफू जीवित रहेको बताएकी थिइन् । उनले सर्वाइकल क्यान्सरका बारेमा आम मानिसमा जानकारी दिनका लागि आफ्नो टिमसँग मिलेर मृत्युको झुटो स्टन्ट गरेको उल्लेख गरेकी थिइन् ।

उनको यो हरकतले फ्यान र बलिउड कलाकारहरू निकै रिसाएका थिए र पुनममाथि रिस पनि पोखेका थिए । यो निर्णय उनका लागि प्रत्युत्पादक बन्दै गएको छ । 

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब