हजुरआमाले कुर्सी नपाएपछि बेहुलाले गरे बिहे रद्द

  • माघ २६, २०८० | ६०१ पटक पढिएको | सीमा संदेश
alt

बिहे गर्नका लागि जन्ति लिएर आएका एकजना बेहुलाले एउटा कुर्सीको विवादमा बिहे नै रद्द गरेर हिँड्छन् भन्ने कुरा पत्याउन गाह्रै पर्छ । तर छिमेकी मुलुक भारतको उत्तर प्रदेशमा हालै एउटा यस्तै घटना भएको छ ।

दिल्लीबाट जन्ती लिएर बिहे गर्नका लागि उत्तर प्रदेश आएका ती युवकले आफ्नी हजुरआमालाई बस्नका लागि कुर्सी नदिएको विवादमा बेहुली पक्षसँग झगडा मात्रै गरेनन् ती बेहुलीसँग बिहे नगर्ने घोषणा नै गरे ।

उत्तर प्रदेशको बुलन्दशहरमा सो घटना भएको हो । दिल्लीको सीमापुरीबाट बरात (जन्ती) लिएर आएका बेहुला पक्षलाई बेहुली पक्षले रातको ८ बजेतिर भव्यतापूर्वक स्वागत गरेको थियो ।

बेहुलीका पिता मोद मुबीनका अनुसार गत शनिवार मौलवीले बेहुला र बेहुलीको बीचमा बिहे गराएको केही घण्टापछि नै बेहुलाले आफ्नो बिहे रद्द भएको घोषणा गरेका थिए ।उनका अनुसार बिहेको कार्य सकिएपछि रातको १० बजेतिर सबैजना रमाइरहेका थिए । त्यहाँ एक्कासी एकजना वृद्धासँग एक पाहुनाको झगडा सुरु भयो ।

ती वृद्धा वास्तवमा बेहुलाकी हजुरआमा रहेछिन् । विवादपछि ती वृद्धाले आफुलाई अपमान गरेको महसुस गरिन् र बेहुला अर्थात् आफ्नो नातीसँग गुनासो गरिन् । त्यसपछि त विवाद झनै चर्कियो ।

झैझगडामा बेहुला र उनका दाजुपनि मिसिए र बेहुलीलाई नै ‘घर पुगेपछि पख्लिस्’ भनेर धम्काउन थाले । साथै उनले बिहे नै भंग भएको भन्न थाले ।

प्रत्यक्षदर्शीका अनुसार बेहला पक्षले धम्की दिने र बिहे नै भंग भएको भनेपछि बेहुली पक्ष झनै रिसायो । उनीहरुले बिहे समारोह तथा पार्टीमा भएको खर्च रकम तिर्नुपर्ने भन्दै बेहुला र उनका दाईलाई कोठामा थुने ।

केही घण्टासम्मको विवादपछि बेहुला पक्षले खर्च भएको भनिएको रकम तिर्यो । त्यसपछि मात्र बेहुलालाई त्यहाँबाट छाडियो ।

उता पुलिसले भने यो घटनाका बारेमा हालसम्म कुनैपनि उजुरी प्राप्त नभएको जनाएको छ । उनीहरुले एक आपसमा विवाद मिलाएको हुनसक्ने भन्दै प्रहरीले उजुरी प्राप्त भएको खण्डमा त्यस विषयमा आवश्यक अनुसन्धान गर्ने जनाएको छ । एजेन्सीको सहयोगमा

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब