बलिवुड स्टार गोबिन्दा रौतहट आउँदै

  • माघ २६, २०८० | ३१४ पटक पढिएको | सीमा संदेश
alt

बलिवुडका चर्चित अभिनेता गोबिन्दा अहुजा मधेश प्रदेशको रौतहट आउने भएका छन् । 

प्रत्येक बर्ष रौतहटको मौलापुरमा आयोजन हुँदै आएको मधानी महायज्ञ महोत्सवमा सहभागी हुनको लागि गोबिन्दा रौतहटको मौलापुर आउन लागेको जानकारी उनले दिएका छन् ।

आगामी फागुन २५ गते आयोजना हुन लागेको मधानी महोत्सवमा गोबिन्दाले परफरमेन्स गर्ने कार्यक्रम रहेको उनले एक भिडियो सन्देश मार्फत दिएका छन् । 

विभिन्न धार्मिक तथा साँस्कृतिक उत्सवको अवसर पारेर नाचगान समेत आयोजना गरिरहने मौलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहका अनुसार बलिउड नायक गोविन्दा महायज्ञको उद्घाटनका दिन मौलापुरमा आउने भएका छन् ।

गत २०७६ सालदेखि मौलापुर नगरपालिकाले मधानी महायज्ञको आयोजना गर्दैआएको छ ।

यस वर्षको मधानी महायज्ञमा फागुन २६ गते कुस्ती प्रतियोगिता दंगल हुनेछ । जसमा ३५ जना कुस्तीबाज सहभागी हुनेछन् ।

मौलापुरको पुरातात्विक महत्वको महादेव मन्दिर देशभरिका धार्मिक पर्यटकका लागि गन्तव्य बन्दै आएको छ । महायज्ञमा नेपाल तथा भारतका चर्चित कलाकारको सांस्कृति प्रस्तुति रहने नगरप्रमुख रिना साहले बताइन् ।

यसअघि भोजपुरी सिने जगतका निरहुआ, खेसारीलाल लगायतका कलाकारहरु यज्ञमा आईसकेका छन् । 

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब