जसपा मधेस प्रदेश कमिटीका अध्यक्षमा बालकिशोर

  • फागुन १, २०८० | ३२५ पटक पढिएको | सीमा संदेश
alt

जनता समाजवादी पार्टी (जसपा)ले मधेश प्रदेश कमिटीको अध्यक्षमा बालकिशोर प्रसाद यादवलाई चयन गरेको छ ।

यसअघि रामबाबु यादवको अध्यक्षतामा रहेको कमिटी भंग गरेपछि अर्को अध्यक्ष चयन गर्ने जिम्मेवारी जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई दिएको थियो । उनले नै बालकिशोर यादवलाई अध्यक्षमा चयन गरेका छन् ।

पार्टीको नयाँ विधान अनुसार प्रदेश कमिटी ५१ सदस्यीय रहने छ । त्यसमध्ये १७ जना कार्यकारिणी सदस्य रहने प्रावधान रहेको छ । अध्यक्षसहित १७ जनाको कार्यकारिणी सोमबार नै गठन गरेको जसपा मधेश प्रदेश कमिटीका निवर्तमान कोषाध्यक्ष रेणु यादवले बताइन् । यस्तै कार्यकारिणी समितिको बैठक सुरु भएको र प्रदेश कमिटीको पदाधिकारी तथा अन्य सदस्यको बारेमा छलफल भइरहेको उनले बताइन् । अध्यक्ष बालकिशोर यादव स्वास्थ्य क्षेत्रमा अधिकृतको जागिरे थिए ।

२५ वर्षसम्म जागिर खाएका उनी हाल राजीनामा दिएर प्रदेश कमिटी अध्यक्ष भएका छन् । उनी यसअघि मधेशी स्वास्थ्यकर्मी फोरम नेपालको अध्यक्ष थिए । उनले सो पदबाट पनि राजीनामा दिएका छन् ।

त्यस्तै कार्यकारिणी समिति सदस्यहरुमा रामपृत पासवान, राम सेवक यादव, सुशिलकुमार यादव, ज्ञानेन्द्र प्रसाद यादव, अरुण कुमार देव, निरा कुमारी साह, दिनेशकुमार यादव, युसुफ अली, शैलेशकुमार साह, पुनीत राम, निर्मला यादव, रेणु यादव, रामअशिष यादव, अशोककुमार यादव, सिंहासनसाह कलवार, शेष अव्दुल कलाम आजाद रहेका छन् ।

त्यस्तै प्रदेश समिति सदस्यहरुमा प्रभाकर यादव, सुरेन्द्र यादव, कौशलेन्द्र यादव, छेदी यादव, मनोजकुमार यादव, सरिता सिपलीया, किशोरकुमार यादव, रुपलाल चौधरी, विना खड् का, धर्मेन्द्रकुमार यादव, ललिता देवी साह, अशोकुमार जयसवाल, अनीलकुमार यादव, विजय यादव, रामनरेश राय, मुजेवुल रहमान, विनोदकुमार यादव, राजनारायण यादव, किरण यादव, सविता यादव, शैलेन्द्रकुमार यादव, चन्देश्वर महतो, रामु महरा, राजकुमार यादव, विष्णुकुमार साह, सुनिता देवी मोची, सहिदा खातुन, किशोरी यादव, मदन चौहान, सन्तोषकुमार महतो, सन्चमाया मोक्तान, भोला पासवान र अभिशेक यादवलाई चयन गरिएको छ ।

बैठकवाट प्रदेश तदर्थ समिति/कार्यकारिणी समितिले आफ्नो बैठक गरी आपूm मध्येबाट अध्यक्ष बाहेकका अन्य पदाधिकारी चयन गरी कार्यान्वयन गर्न सक्ने मधेश प्रदेशका इन्चार्ज मृगेन्द्रकुमार सिंह यादवले जानकारी दिएका छन् ।

त्यस्तै, वृजमोहन तिवारीको अध्यक्षतामा १३ सदस्यीय समितिको सल्लाहकार समिति चयन गरिएको छ । सो समितिको सदस्यहरुमा हरिनारायण यादव, शिवशंकर यादव, परशुराम यादव, पवन व्याहुत, सोहन शर्मा, अवध भूषर्ण यादव, मकवुल अन्सारी, ईश्वरी प्रसाद यादव, रामअषिस यादव (रौतहट), बिजय यादव (सर्लाही), अजय पटेल (बारा) र मो. समसाद खाँ (सप्तरी)लाई चयन गरिएको छ । त्यस्तै प्रदेश अनुशासन आयोगको अध्यक्षमा महाराज यादवलाई चयन गरिएको छ । सो समितिको सदस्यहरुमा वीरेन्द्रप्रसाद यादव, पञ्चलो तामांग, राजीवकुमार यादव, विजय भगत, घनश्याम श्रेष्ठ र शत्रुधन मण्डललाई चयन गरिएको छ ।

त्यस्तै पैदेश लेखा परीक्षण आयोगको अध्यक्षमा अमृत साफीलाई चयन गरिएको छ । सो समितिको सदस्यहरुमा मो. अनवर हासमी, अतिश मिश्र, राजकुमार दास, दीपक यादव र ओम प्रकाश बैठालाई चयन गरिएको इन्चार्ज यादवले जानकारी दिएका छन् ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब