पुनम र सामविरुद्ध सय करोड जरिवानाको मागसहित मानहानि मुद्दा दर्ता

  • फागुन २, २०८० | ४४२ पटक पढिएको | सीमा संदेश
alt

मुम्बई (बलिउड लाइफ) । केही समयअघि भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डेको सर्वाइकल क्यान्सरका कारण निधन भएको खबर सामाजिक सञ्जालमा भाइरल भएको थियो । 

यो समाचारले उनको बारेमा असन्तुलित उत्सुकता आम मानिसमा जगाएको थियो । पछि उनले आफू ज्यूँदो नै रहेको भनेर सामाजिक सञ्जालमा लेखिन । उनको यो स्टन्टलाई सेलिब्रेटी तथा उनका निकटले ‘खराब स्वाद’कै उपमा दिए । 

उनको समर्थनमा केवल रामगोपाल बर्मा मात्र देखिए । बर्माले पुनमले कुनै प्रचार अभियान भन्दा पनि भारतीयहरूलाई गुगल रोगबारे जानकारी गराएको दाबी गरेका थिए ।

अब भने पुनम र उनका पति साम बम्बेले अदालती मुद्दाको झमेला व्यहोर्नु पर्ने देखिएको छ । असिम रियाज र साना राइस खानका विरुद्ध यसअघि अदालतमा मुद्दा दर्ता गराएर चर्चामा आएका फैजन अन्सारीले पुनम र सामविरुद्ध १०० करोड जरिवाना मागसहित मानहानि मुद्दा दर्ता गराएका छन् ।

फैजनले एकापसमा अलग्गिएका पुनम र सामले करोडौं क्यान्सरका बिरामी र उनीहरूका परिवारको भावनामा खेलबाड गरेको दाबी गरेका छन् । ‘पुनम र उनका पति, सामले क्यान्सर जस्तो गम्भीर रोगको खिल्ली उडाउँदै मृत्युको नाटक गरे ।

पुनम पाण्डेले व्यक्तिगत प्रचारका लागि यो नाटक रच्दै करोडौं भारतीय र सम्पूर्ण बलिउडको विश्वासलाई धोका दिइन्’, मुद्दामा भनिएको छ ।

सुनसरी घटनाको असर : धनगढीमाई र गोलबजारमा पूर्वपश्च

सिरहा । सिरहाको धनगढीमाई र गोलबजार स्थित पूर्व पश्चिम र ...

गोलबजारमा सुनसरी घटनाको विरोधमा प्रदर्शन

सिरहा।सुनसरीको देवानगञ्ज गाउँपालिका ३, कप्तानगञ्जमा प्र ...

देवानगञ्जमा सुरक्षा व्यवस्था कडा : सद्भाव कायम राख

कोशी प्रदेशको सुनसरीमा दुई समुदायबीच भएको झडपपछ उत्पन्न ...

साउन १२ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १२ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब