प्रहरीले युवकलाई नियन्त्रणमा लिएर क्रुरतापूवर्क कुटे, काठमान्डौँ रिफर

  • फागुन ४, २०८० | ३३९ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरमा भ्यालेन्टाईन डे मनाउन गएकी एकै किशोरीमाथि दुई युवकले प्रेम दाबी गरेपछि ग्याँग फाईट भएको छ । 

सरस्वति पूजाकै दिन परेको पश्चिमी सँस्कृति भ्यालेन्टाइन डे मनाउन गएकी किशोरीमाथि दुई युवकले आफ्नो गर्लफ्रेण्ड दाबी गरेपछि दुई युवकपक्षबीच झगडा हुँदा एक युवक गम्भिर घाईते भएका छन् । 

झगडाको क्रममा धनुषा प्रहरीले धनुषाको कमला नगरपालिका वडा नं. ३ लगमा बस्ने श्रीनारायण टरैत (यादव) को छोरा दिपेश कुमार यादवलाई प्रहरीले समातेर अमानवीय तवरले कुटपिट गर्दा गम्भिर घाईते भएका आरोप परिवारजनले लगाएको छ । 

भ्यालेन्टाइन डे मनाउन गएको बेला किशोरीमाथि प्रेमको लागि दुवै युवकले दाबी गरेपछि झगडा भएको बताईएको छ । अर्का एक युवकले ति किशोरीलाई दुरव्यवहार गरेको र आफू बचाएको भन्दै प्रहरीलाई बोलाएर पक्राउ गर्न लगाएका थिए । धनुषा प्रहरीको टोलीले दिपेशलाई पक्राउ गरी नियन्त्रणमा लियो । नियन्त्रणमा लिएर दिपेशमाथि क्रुरता पूर्वक कुटपिट गरेको पाईएको छ।

दिपेशलाई धनुषा प्रहरीका एक सईले नियन्त्रणमा लिएर टाउको, छाती, पिठयु, खुट्टा र पैतालामा पाईपले हान्दा उनलाई अपाँग झै बनाईदिएको हो । प्रहरीले हिरासतमा लिएर अमानवीय तवरले कुटपिट गरेको भन्दै परिवारजनले मानव अधिकार आयोगलाई गुहार्ने बताएको छ । 

नियन्त्रणमा लिसकेपछि थुनुवालाई कुटपिट गर्न नहुने प्रावधान रहेपनि यादवलाई नियन्त्रणमा लिएर अमानवीय एवम् क्रुरतापूर्वक कुटपिट गरेको बताईएको छ । कुटपिटले गर्दा उनको शरिरभरि निलडाम देखिएको छ । थप उपचारको लागि उनलाई काठमान्डौँ रिफर गरिएको हो ।

जनकपुरको मोडेल कलेजमा अध्ययनरत दिपेशलाई वडा प्रहरी कार्यालय रेल्वे स्टेशनले नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेको बताईएको छ । स्टेशन प्रहरीका सईले यादवलाई नियन्त्रणमा लिएर राजनीतिक दबाबको कारण अमानवीय तवरले कुटपिट गरेको बताईएको छ ।

यता, परिवारजनले दिपेशको स्वास्थ्य अवस्था जटिल बन्दै गएको भन्दै प्रहरी सईमाथि कारवाहीको माग गरेका छन् । प्रहरी सईले भने आफैँ ग्याँग फाईट गरेर झै झगडा गर्दा कुटाई खाएको दाबी गरे । 

यादवलाई प्रहरीले नकुटेको दाबी गर्दै सरस्वति पूजाको दिन कैयौँ ठाउँमा यस्ता घटना भएको बताउँदे कसैलाई नियन्त्रणमा लिएर कुटपिट नगरेको भन्दै खण्डन गरे ।

मधेशभर खाना पकाउने ग्यासको अभाव

मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपीजी ग्यास ...

बिहारको राजनीतिमा पीकेको उदय

नयाँदिल्ली — कक्रोच जनता पार्टी (सीपीजे) नेतृत्वक ...

विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइन

राष्ट्रिय बाल अधिकार परिषद्ले विद्यालयमा विद्यार्थीको इ ...

साउन १९ गते मंगलबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १९ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब