उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिले सरकारले चलाएको सुशासनको अभियान कुनै एउटा समुदायको विरुद्ध नभएको बताएका छन्।
मारवाडी सेवा समिति नेपालको ७१ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै काम गर्दा टेबुल मुनिबाट पैसा बुझाउने दिन अन्त्य गर्ने उद्घोष गरे।
उनले भने- अहिले सरकारले सुशासनको अभियान चलाइरहेको छ। त्यो कुनै एउटा समुदायको विरुद्ध हुुनै सक्दैन। त्यो अभियान भ्रष्टाचार, गैर कानूनी काम गर्ने, राज्यलाई लुट्ने र जनतालाई शोषण गर्नेका विरुद्ध लक्षित हुन्छ। संविधान कानून र नियम अनुसार स्वच्छ ढंगले काम गर्ने प्रोत्साहित गर्छौँ। टेबुल मुनिबाट पैसा बुझाउने दिन अन्त्य गछौँ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved