धनुषा र सिरहा जोड्ने कमला नदीमा अर्को पक्की पुल बन्न सुरु हुँदै

  • फागुन ११, २०८० | ५५२ पटक पढिएको | सीमा संदेश
alt

धनुषा र सिरहा जोड्ने कमला नदीमा अर्को नयाँ पुल बन्ने भएको छ । धनुषाको सबैला नगरपालिका ४ पटेर्वाघाटदेखि सिरहाको कल्याणपुर नगरपालिका ५ चिकनाघाटसम्म पुल बन्ने भएको हो ।

५ सयमिटर भन्दा लामो पक्की पुलको अगामी शनिबार प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले शिलान्यास गर्ने कार्यक्रम छ । शनिबार पुलको शिलान्यास गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड आउन लागेको सबैला नगरपालिकाका मेयर कारीराम यादवले जानकारी दिए ।

संघीय सरकारको गौरबको योजना अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभागबाट करिब एक अर्ब ११ करोड लागतमा पुल बन्न लागेको उनले बताए । पुल शिलान्यासको दिन पटेर्वा घाटमा सभालाई प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम समेत रहेको जनाएको छ ।

सोही दिन उनले कमला नदीमा नवनिर्मित देशकै लामो झोलुंगे पुलको उदघाटन समेत गर्ने कार्यक्रम रहेको छ ।

१३ वर्ष अघि हुलाकी राजमार्ग अन्तर्गत कमला नदीमा बनिरहेको पुल संचालन नहुँदै भाँसिएपछि मर्मतको काम भइरहेको छ । तर, त्यो पुल कहिले संचालन हुने टुंगो नरहेको बेला कमला नदीमा अब बन्ने पुल चाँडै बने त्यसले हदसम्म राहत हुने त्यस क्षेत्रका नागरिकको आशा छ ।

मधेशभर खाना पकाउने ग्यासको अभाव

मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपीजी ग्यास ...

बिहारको राजनीतिमा पीकेको उदय

नयाँदिल्ली — कक्रोच जनता पार्टी (सीपीजे) नेतृत्वक ...

विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइन

राष्ट्रिय बाल अधिकार परिषद्ले विद्यालयमा विद्यार्थीको इ ...

साउन १९ गते मंगलबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १९ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब