सिरहा, ११ फाल्गुन । भयाभय रुपमा बढी रहेको आत्महत्याको घटना र कुलतमा फसिरहेका बालबालिका तथा युवालाई बचाउन सिरहा नगरपालिका बिषालु औषधी र सूर्तिजन्य पदार्थ विक्री वितरण पालिका भित्र नगर्न÷नगराउन कार्यपािलकाले निर्णय गरी प्रतिवन्ध गरेका छन् ।
अब नगरपालिका भित्र रहेको पसलहरुमा पान मसाला, गुटका, पानपराग, राजनि गन्धा, राज निवास, चुरोट, खैईनी जस्ता सुर्तिजन्य पदार्थ विक्री वितरण गर्न पाउने छैन् । यदि यस्ता पदार्थ विक्री वितरण गरेपाएमा कानून बमोजिम करवाही र जरिवान हुने नगरपालिकाले निर्णय गरहेको हो ।
नगरपालिका भित्र संचालनमा रहेको औषधी पसलहरु बिषालु किसिमको औषधी वडाको सिफारिसमा मात्र विक्री वितरण गर्न पाइनेछ ।
युवाहरू दुर्व्यसनमा फस्दा घरपरिवार समाज र राष्ट्र समेत विकासमा पछाडि पर्छ। ’लागुपदार्थको साटो स्वस्थ जीवनको बाटो’ भन्दै हामी सबैले हातमा हात काँधमा काँध मिलाएर अगाडि बढेमा यसलाई शून्यमा झार्न सक्छौँ स्वस्थ्य नागरिक राज्यको पुंजी हुन यो नविर्सौ तपाईं हाम्रा छोरा छोरी पनि कुलत र दुर्व्यसनमा फस्न सक्द छन । यसलाई वेलैमा रोक्न नगरपालिकाले यस्तो कदम चालेको जनप्रतिनिधिहरुमा भनाई छन् ।
जनप्रतिनिधिहरुले लिएका निर्णय केही दिनमै कार्यन्वयन हुने सिरहा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादबले बताए । अब नगपालिकाले पत्र तथा विभिन्न सञ्चार माध्यमबाट जनचेतना गराई विक्री वितरण रोक्न अनुरोध गर्ने छ । त्यसपछि पालिकाको अनुरोध पालन नगरे कानून बमोजिमको करवाही हुने यादबले बताए ।
यता नगरपालिकाका निर्णयलाई नगरवासिहरुले स्वगत गरी खुशी व्यक्त गरिरहेका छन् । तर जनप्रतिनिधिहरुबाटै हुने दारु विक्री वितरणले नगरवासिहरुलाई फाइदा गर्छ ? यसको जवाफ नगरपालिकासँग माग गर्दै दारु पनि प्रतिवन्ध हुनु पर्ने माग राखिरहेका छन्।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved