एजेन्सी । बलिउड अभिनेत्री विद्या बालनले अज्ञात व्यक्तिका कारण सास्ती खेप्नुपरेको छ। आफ्नो नाममा फर्जी इन्स्टाग्राम खाता खोलेर आपत्तिजनक क्रियाकलाप गरेपछि उनी ती व्यक्तिविरुद्व उजुरी लिएर प्रहरीसामु पुगेकी छन्।
विद्याको उजुरीअनुसार आफ्नो नाममा नक्कली खाता बनाएर ती अज्ञात व्यक्तिले विभिन्न व्यक्तिसँग पैसा माग्ने गरेको र इन्स्टाग्राममात्र नभई उनको नामको जिमेल खातासमेत खोलेका छन्।
हुबहु आफ्नैजस्तो इन्स्टाग्राम खाता बनाएर बलिउड नगरीसँग जोडिएका व्यक्तिहरूसँग सम्पर्क गर्ने र विभिन्न व्यक्तिलाई जागिरको प्रलोभनमा पारेर पैसा माग्ने गरेको दैनिक भाष्करमा प्रकाशित समाचरमा उल्लेख छ।
यसको जानकारी पाएपछि उनी प्रहरीसामु पुगेकी हुन्। मुम्बई प्रहरीले विद्याको उजुरीका आधारमा सो मामलामा छानबिन गरिरहेको छ। यो घटनापछि विद्याले आफ्ना शुभचिन्तकलाई सम्बोधन गर्दै आफ्नो नामको नक्कली इन्स्टाग्राम खातामा रिपोर्ट गर्न अनुरोध गरेकी छन्।
सामाजिक सञ्जालमा सक्रिय रहने विद्या प्रायजसो हास्यपूर्ण पोष्ट राख्ने गर्छिन्। विद्या आगामी फिल्म भूल भूलैया ३ मा अभिनेता कार्तिक आर्यनका साथ देखि“दैछिन्।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved