प्रधानमन्त्री प्रचण्डद्धारा कमला नदीमा पुल शिलान्यास, उद्घाटन र हेलिकप्टरबाटै भाँसिएको पुलको अवलोकन

  • फागुन १३, २०८० | ४७१ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १३ फाल्गुन । धनुषा र सिरहा जोड्ने कमला नदीमा पक्की पुलको शिलान्यास गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले धनुषाको सबैला नगरपालिका–४ पटेर्वाघाट र सिरहाको कल्याणपुर नगरपालिका– ५ चिकनाघाट पक्कीपुलको शिलान्यास गरेका हुन् ।

कमला नदीमा ६०० मिटर लामो बन्न लागेको पुलको ठेक्का एलाइट कन्स्ट्रक्सन कम्पनीले पाएको छ । एक अर्ब ११ करोड लागतमा यो पुल बन्न लागेपनि चालु आर्थिक वर्षमा भने मात्र ६० लाख रुपैयाँ रहेको छ । ठेकेदार कम्पनीले पुल ४२ महिनाभित्र निर्माण सक्नु पर्ने छ । अहिले थोरै बजेट भएपनि अबको नीति तथा कार्यक्रम एवं बजेटमा विशेष व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे ।

डबल लेनको यस पुल निर्माणपछि दुई जिल्लाका जनतालाई आवतजावतमा सहयोग पुग्नेछ । पुल शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले पुल बनेपछि सिरहा र धनुषाको पूर्वी भेगका जनताले ठूलो राहत पाउने बताए । उनले मधेसको विकासबिना देशको विकास सम्भव नरहेको बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको सबै भन्दा लामो झुलंगे पुलको उद्घाटन गर्नुभएको छ ।शनिबार प्रधानमन्त्री प्रचण्डले धनुषाको जनकनन्दनी गाँउपालिकाको कठाल र सिरहाको मलहनियालाई जोडने नेपालकै सबै भन्दा लामो झुलंगे पुलको समुदघाटन गर्नुभएको छ ।

सो क्रममा प्रधानमन्त्री प्रचण्डले मधेशको विकासमा आफू निरन्तर काम गरिरहेको बताउनु भयो । उनले मधेसको विकास नभइकन देशको विकास नहुने उल्लेख गरे । उनले मधेसको विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

निर्माण सम्पन्न भएको पुलले धनुषा र सिरहाका जनतालाई राहत पु¥याएको बताउँदै उनले दुई जिल्लाको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने विश्वास व्यक्त गरे । प्रधानमन्त्रीले कमला नदीमा तटबन्ध निर्माण गर्ने अन्य पुल निर्माणमा पनि आफूले सक्दो सहयोग गर्ने बताए ।

नेपालकै सबैभन्दा लामो यस पुलको लम्बाइ एक हजार पाँच सय दशमलव ४४ मिटर लामो पुल हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा मधेसलाई विशेष व्यवस्था गरिने बताएका छन्।  आफूले सरकारको नेतृत्व गरेपछि नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउने विषयलाई गम्भीररुपमा लिएको उल्लेख गर्दै प्रधानमन्त्रीले तराईमा सिँचाइ, मलबीऊको व्यवस्था गर्ने र कृषि प्रविधिलाई बढावा दिने प्रतिबद्धता व्यक्त गरे।

देशको अर्थतन्त्रमा गुणात्मक परिवर्तन गर्न बृहत् आयोजना निर्माणमा सरकारले ध्यान दिएको बताउँदै प्रधानमन्त्रीले बूढीगण्डकी एवं कर्णाली चिसापानीजस्ता ‘गेम चेन्जर’ आयोजना निर्माणका काम यथासक्य चाँडो अगाडि बढाइने उल्लेख बताए।

‘मधेसको विकासबिना देशको विकास सम्भव छैन, मधेसको मुक्तिबिना देशको मुक्ति सम्भव छैन,’ प्रधानमन्त्रीले भने, ‘मसेधी जनताको समृद्धि भएन भने देशको समृद्धि सम्भव छैन।’ मधेस, पहाड र हिमालको एकताका लागि आफूले सिरहामा निर्वाचनमा भाग लिएको स्मरण गर्दै प्रधानमन्त्रीले मधेसी जनताको मत लिएर सङ्घीय गणतन्त्रको संविधान निर्माण गर्न पाएकामा गर्वको अनुभूति भएको बताए।

‘मधेस, पहाड र हिमालको एकतालाई अविछिन्न तुल्याउन सबैको पहिचान र अधिकारका लागि लडेको नाताले एकता कायम गर्न मेरो जिम्मेवारी छ,’ उनले भने। चालीस वर्षअगाडि भूमिगत कालमा आफू यस क्षेत्रमा आएको स्मरण गर्दै उनले सबैला, वस्तीपुरलगायत क्षेत्रका जनतासँग आफ्नो नजिकको सम्बन्ध रहेको उल्लेख गरे।

हेलिकप्टरबाटै भाँसिएको कमला पुलको अवलोकन

प्रधानमन्त्री प्रचण्डले हेलिकप्टरबाटै हुलाकी राजमार्गमा भासिएको कमला पुलको अवलोकन गरेका छन् । झोलुङ्गे पुलको उद्घाटन पश्चात कमला नदीमै अर्का पक्की पुलको शिलान्यास गर्न जाने क्रममा हेलिकप्टरबाटै उनले भासिएको कमला पुलको अवलोकन गरेका हुन् ।

तीन वर्षमा निर्माण गर्नुपर्ने सम्झौता भएपनि कमला पुलको निर्माणमा १२ वर्ष लाग्यो । तर उद्घाटन नहुँदै दुईवर्ष अगाडि पुलको तीनवटा पिलर भासियो । पिलर भासिएपछि पुल कामै नलाग्ने बनेको छ ।

उक्त पुल पुनःनिर्माण अविलम्ब गराउन स्थानीयले पटक पटक आन्दोलन पनि गरेका छन् । कैयौं मन्त्री र नेता आए । तर पुलको अवस्था ज्यूकोत्यूँ छ । सरकारले पुल पुनःनिर्माणमा ध्यान दिएको छैन ।

झोलुङ्गे पुलको समुद्घाटन गर्न आएका प्रधानमन्त्री प्रचण्डलाई हुलाकी सडक संघर्ष समितिका संयोजक रामरिझन यादव कमला पुलको पुनःनिर्माण गर्न ज्ञापनपत्र बुझाए । उद्घाटन समारोहमा बोल्दै धनुषा २ बाट निर्वाचित काँग्रेस साँसद रामकृष्ण यादव पनि कमला पुल पुनः निर्माण नहुँदा आवतजावतमा सिरहा र धनुषाबासी ठूलो समस्या झेल्नुपरेको भन्दै पुनःनिर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

सम्बोधनको क्रममा प्रधानमन्त्री प्रचण्डले हुलाकी सडक अन्तर्गतको कमला नदीमा भत्केको पुलबारे गम्भीर ध्यानाकर्षण भएको बताए । उनले कमला पुलबारे अगामी नीति तथा कार्यक्रम र बजेटमा उचित व्यवस्थापन गरिने प्रतिवद्धता जनाए ।

मधेशभर खाना पकाउने ग्यासको अभाव

मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपीजी ग्यास ...

बिहारको राजनीतिमा पीकेको उदय

नयाँदिल्ली — कक्रोच जनता पार्टी (सीपीजे) नेतृत्वक ...

विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइन

राष्ट्रिय बाल अधिकार परिषद्ले विद्यालयमा विद्यार्थीको इ ...

साउन १९ गते मंगलबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १९ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब