सिरहा, १३ फाल्गुन । सिरहा नगरपालिकाका मेयर डा. नवीन कुमार यादबले निर्माणधिन प्रशासकीय भवन अवलोकन गरका छन् ।
वेसमेन्टमा भईरहेको निर्माण कार्यको गुणस्तरीयता बारे बुझदै मेयर र प्रशासकीय प्रमुख बलिराम यादब सहितका टोलिले अलोकन गरेको हो ।
निर्माण कार्य संरचनाको डिजाईन इस्टिमेटको आधारमा गुणस्तरीय निर्माण भईरहेको मेयर यादबले प्रतिक्रिया दिनु भयो ।
प्रशासकीय भवन नेपाल सरकारको शर्सत अनुदान र स्थानीय सरकारको साझेदारी कार्यक्रम अन्तर्गत रु.७ करोड १४ लाख ५ हजार ९ सय १२ रुपैयाँको लागतमा निर्माण भईरहेको छ । निर्माण कार्य २०८२।०२। १४ गते भित्र सम्पन गर्नुपर्ने छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved