अध्यक्ष पद छाड्न ठाकुरमाथि दबाब

  • फागुन १४, २०८० | ३५७ पटक पढिएको | सीमा संदेश
alt

लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का अध्यक्ष महन्थ ठाकुरमाथि पद त्याग गर्न दबाब बढ्न थालेको छ ।

लोसपाबाट अलग्गिएको घोषणा नगरे पनि वरिष्ठ नेता राजेन्द्र महतोले छुट्टै अभियान सञ्चालन गरेको बेला महासचिव केशव झाले राजीनामा गरेर पार्टीलाई जीवन्त बनाउन ठाकुरलाई आग्रह गरेका छन् । झाले अध्यक्ष ठाकुरलाई सम्बोधन गर्दै लेखेको पत्रमा तमलोपा देखि लोसपा सम्मको यात्रा तय गरिसक्दा कहाँनेर के चुक भयो ? भनेर प्रश्न गरेका छन् । पार्टीमा अझै तमलोपा, सद्भावना, रामसपा र नेपाल सद्भावना पार्टीको लिगेसी रहेकाले नेतृत्वमा भागबण्डा गर्न नसक्दा पनि मृत बनेको आरोप महासचिव झाले लगाएका छन् । त्यस लिगेसीको उत्तराधिकारीलाई जिम्मा लगाएर अध्यक्ष ठाकुरलाई विश्राम लिन सुझाव दिदै उनले अगाडि भनेका छन् ,‘ अभिभावकत्व ग्रहण गरेर मार्गदर्शन गर्न उपयुक्त होला । ‘ इतिहासले सधैँ अवसर दिँदैन बेलैमा अवसर छोप्नु बुद्धिमानी होला ’ झाले भनेका छन्, हाम्रो राजनीति भनेको आन्दोलन उठाउने र अवसरवादमा परिणत गर्ने बाहेक अरू केही हुन सकेन ।’

मधेशमा नेतृत्वको कमजोरीकै कारण मधेशी पार्टीहरू कमजोर भई पुरानै एमाले, कांग्रेस जस्ता पार्टीहरू बलियो भइरहेका छन्’ झाले लेखेका छन्, जनतामा आएको निराशालाई आशामा बदल्ने प्रयत्न गर्नु उपयुक्त होला । नेतृत्वबाट विश्राम नलिए हाम्रो पार्टी निष्प्राण हुँदै बिस्तारै सबैले छोडेर जाने उनले चेतावनी दिएका छन् । सीमित व्यक्तिको अवसरवादको लागि क्रान्तिको दियो निभ्न नदिन आग्रह गर्दै देशमा मधेशी जस्तै पीडामा रहेका आदिवासी जातजाति लगायत अन्य उत्पीडित समुदायहरूसँग हातेमालो गरेर तपाइले विगतमा देखाउनु भएको बहुलराष्ट्रिय राज्यको सपना पूरा गर्नको लागि अगाडि बढ्ने बेला भइसकेको स्मरण गराएका छन् ।

नेपाली कांग्रेस त्याग गरी १६ वर्ष पूर्व ठाकुरले गठन गरेको तराई मधेश लोकतान्त्रिक पार्टी(तमलोपा)का संस्थापकहरु मध्येका औंलामा गनिने नेताहरु मात्र उनीसित छन् । नेतृत्वको अवसर नदिएकै कारण वरिष्ठ नेता महतो पनि छाड्ने अन्तिम चरणमा पुगेका छन् । महासचिव झाले दिएको चेतावनी युक्त सुझावमा अध्यक्ष ठाकुरलाई कार्यकारी अधिकार सहितको नेतृत्व महतोलाई दिने संकेत गरेका छन् । लोसपाका अर्का वरिष्ठ नेता अनिल कुमार झा पनि निष्कृय छन् ।

एकजना वरिष्ठ नेता शरतसिंह भण्डारी संघीय सरकारमा श्रम मन्त्री छन् । गत हप्ता लोसपाका मधेश प्रदेश सभासदहरुले अध्यक्ष ठाकुरको निर्देशनलाई वेवास्तागर्दै सरकारलाई विश्वासको मत नदिन भारतको सुरसण्डमा बैठक गरेका थिए । ठाकुरका अत्यन्त निकट मानिने फरार सूचीका सभासद अभिराम शर्मा, रानी तिवारी लगायतले माओवादी केन्द्रसित मिलेर मधेश प्रदेशको सरकार ढाल्ने खेलमा सकृय रहेका थिए । पार्टीमा प्रभाव निष्कृय भइसके पनि पद नछाड्ने अध्यक्ष ठाकुरको कारण लोसपा धराशायी हुने चरणमा पुगिसकेको नेताहरुले बताउन थालेका छन् । कांग्रेसबाट हटेर आफ्नै अध्यक्षतामा पार्टी खोलेका ठाकुरले १६ वर्षमा महाधिवेशन नै गरेका छैनन् ।

आफू अध्यक्ष र नाता कुटुम्ब, आसेपासेलाई पदाधिकारी बनाएर पार्टी चल्न नसक्ने प्रष्ट सुझाव महासचिव झाले दिएका छन् । अध्यक्ष ठाकुरले पद नछाडे अथवा कार्यकारी अधिकार सहितको नेतृत्वगर्ने जिम्मेवारी नदिए महासचिव झा सहितले पार्टी छाडने चेतावनी पनि दिएका छन् । वरिष्ठ नेता भण्डारीका विश्वास पात्र मानिने महासचिव झाको सुझावले अध्यक्ष ठाकुर चौतर्फी दवावमा परेका छन् ।

प्रदेश सभासदहरुले मधेश प्रदेशमा सरकार ढाल्न गरेको अनुशासनहीन कार्यपछि भण्डारी पनि अध्यक्ष ठाकुरसित असन्तुष्ट भएका छन् । त्यसको छनक झाको पत्रले दिएको छ । लोसपा छाडेर नयाँ पार्टी जनता प्रगतिशील पार्टी(जप्रपा)का गठन गरेका ह्दयेश त्रिपाठी, तराई मधेश लोकतान्त्रिक पार्टी गठन गरेका वृषेश चन्द्र लालले कार्यगत एकतागर्दै जसपा बाहेकका मधेश केन्द्रित दलहरुलाई पनि कार्यगत एकताका लागि आह्वान गरेका छन् । तर ठाकुरको नेतृत्वमा अन्य दलहरु लोसपासित तालमेल गर्ने पक्षमा देखिएका छैनन् ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब