कुनै खास समुदायलाई होच्चाएर मुलुकको विकास असम्भव : अध्यक्ष यादव

  • फागुन १६, २०८० | ६१९ पटक पढिएको | सीमा संदेश
alt

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कुनै खास सामुदायलाई होच्याएर मुलुकको विकास सम्भव नरहेको दाबी गरेका छन् ।

जसपाको भातृ संगठन समाजवादी मुस्लिम संघको प्रदेशस्तरीय भेलालाई मंगलवार जनकपुरधाममा सम्बोधन गर्दै अध्यक्ष यादवले नेपाल बहुभाषी, बहुजाती र बहुधार्मिक भएकोले कुनै खास सामुदायलाई विभेद गरेर मुलुकको विकास नहुने बताए ।

मुलुकको निर्माणदेखि हरेक राजनीतिक परिवर्तनमा नेपाली मुस्लिमको उल्लेखनीय योगदान रहे पनि आर्थिक, समाजिक, तथा राजनीतिक जनचेतनामा निकै पछाडि परेको उनले बताए । उनले भने, ‘यो मुलुक बहुभाषिक, बहुजातिय र बहुधार्मिकको देश हो, कुनै सामुदायलाई होच्चाएर, विभेद गरेर, बहिष्करणका पारेर न मुलुकको शान्ति र स्थिरता आउँदैन न त मुलुकको विकास नै सम्भव छ । समाजिक भाईचारा, धार्मिक सद्भाव र मेलमिलापले नै देश आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्छ ।’ पूर्व उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवले भने, ‘प्रकृतिले नेपाललाई धेरै थोक दिएको छ, हामी जलश्रोतमा निकै धनी छौँ, यहाँ पर्यटनको ठुलो सम्भावना छ, तर शासन सत्तामा बसेकाहरुले दुई तिहाई जनताको साथ विभेद र उपेक्षा गरेको कारण मुलुकमा आर्थिक समृद्धि आउन सकेनन् ।

देशको आर्थिक अवस्था दयनीय हुन पुगेको छ ।’ सो कार्यक्रममा मुख्यमन्त्री सरोज कुमार यादवले संघीयता विरोधी तत्वहरुले पछिल्लो समय मधेश प्रदेशका विभिन्न ठाउँहरुमा धार्मिक सद्भाव विथोल्ने षडयन्त्र गरिरहेको बताए । आफु मुस्लिम सामुदायको कार्यक्रममा सहभागी हुँदा केही व्यक्तिले फोन गरेर विभिन्न प्रकारको गाली बेइज्जती तथा टिकाटिप्पणी गरेको बताउँदै मुख्यमन्त्री यादवले भने,‘ प्रदेश सरकार सबै सामुदायको लागि बराबर हो । प्रदेश सरकार कसैलाई काखापाखा गर्दैनन् । तर समाजका धार्मिक सद्भाव, आपसी भाईचारा बिगार्ने तत्वलाई प्रदेश सरकारले कारबाही गर्न पछाडि पर्दैनन् ।’

कार्यक्रममा पूर्व मुख्यमन्त्री लालबाबु राउतले तत्कालीन मधेशी जनअधिकार फोरम नेपालदेखि अहिले सम्म अन्य पार्टी भन्दा जसपाले दलित, जनजाती, मुस्लिम तथा समुदायमा पछाडि पारिएका समुदायको हक अधिकारको वकालत गर्दै आएको बताए । नेपालको इतिहासमा पहिलो पटक मधेश प्रदेश सरकारले प्रदेशमा बसोबास गर्ने हरेक जातजातीको जनसंख्याको अधारमा प्रदेशको हरेक सरकारी निकायमा आरक्षण व्यवस्था दिने गरि कानुन ल्याएको उनले दाबी गरे ।

भेलाबाट युवा नेता मोशाहीद हुसेनको संयोजकत्वमा ५१ सदस्यीय मधेश प्रदेश समाजवादी मुस्लिम संघ तदर्थ समिति गठन गरिएको छ ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब