सेनिटरी प्याडले जिवन दिन्छ : मेयर डा. नवीन यादब

  • फागुन १६, २०८० | ५०२ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १६ फाल्गुन । सिरहा नगरपालिकाले श्री चन्द्र नमूना माध्यमिक विद्यालय सिरहाका विद्यार्थीहरुलाई सेनिटरी प्याड वितरण गरको छ । नेपाल सरकारको अनुदानमा आधारित आ.व. २०८०÷०८१ को कार्यक्रम अन्तर्गत नगरपालिकाले विद्यार्थीलाई सेनिटरी प्याड उपलब्ध गराएको हो।

महिनावारी स्वच्छता विषय सबभन्द बढी महत्व पूर्ण रहेकोले यसमा गम्भिर रुपमा ध्यान दिन जरुरी रहेको सिरहा नगरपालिका मेयर डा. नवीन कुमार यादबले बताए । कक्षा १० पढने विद्यार्थीले यस्ता विषयमा गम्भिर देखिदैन्न । तर प्रजन्न स्वास्थ्यलाई अनुशासित रुपमै कक्षा १० देखि १२ सम्मका विद्यार्थीले बढी ध्यानमा राख्नु पर्छ ।

यदि आज विद्यार्थी वहिनीहरुले लजाए यस्ता विषयमा गम्भिरताका साथ नबुझे भोलीका दिनमा आफ्ना जिवन नै खातरामा पर्ने सम्भावन निम्तियाउन सकिन्छन् । आज महिनावारीलाई स्वच्छता प्रदान नगरिए विभिन्न किसिमका यौन जन्य रोग तथा पाठेघर क्यान्सरको शिकार हुनु पर्छ । त्यसैले नगपालिकाले तपाईहरुका विद्यालयमा सेनिटरी प्याड उपलब्ध गराएको छ । महिनवारीको वेला प्याड प्रयोग गरी सुरक्षित बनौँ । सिरहा नगरपालिकालाई स्वच्छ तथा स्वस्थ्य नागरिकका रुपमा विकास गर्न तिर लागैँ मेयर यादबले विद्यार्थीहरुसँग अनुरोध गुर्न भयो । 

429707644_962298045460708_8554526919887099954_n

यो कार्यक्रम सिरहा नगरपालिकाका सबै माध्यमिक विद्यालयहरुमा संचालन भईरहेका छन् । नगरपालिकाले सेनिटरी प्याड सबै विद्यालयलाई उपलब्ध गराईरहेको सिरहा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादबले बताए ।

विद्यार्थी वहिनीहरुलाई महिनावारीको वेला पढाईमा कुनै असर नपरोस् र स्वस्थ्य सुरक्षा राम्रो होस् भने उदेश्यले कार्यक्रम संचालन भएको छ । महिनवारी प्रकृतिक प्रक्रिया हो । यसले नै भालीका जिवन विकास गर्छ । त्यसैले महिनावारीको वेला फोहोर कपाडले विभिन्न रोग सार्छन् र जिवन चक्र विकासमा नकारात्मक प्रभाव पार्छ । हामी आजै सजग भई आफ्ना स्वास्थ्यलाई ख्याल गरी प्याड प्रयोग गरौँ । हामीले तपाईहरुका स्वास्थ्यालाई गम्भिर रुपमा लिई प्याड विद्यालयमा उपलब्ध गराएका छौँ र प्याडको कमि हुदैन प्रयोग गर्ने बानीमा आजैबाट विकास गरौँ अधिकृत यादबले बताए ।

429890224_1122551755762862_5888919956769272240_n

अब महिनावारीको वेला विद्यालय छाडने अवस्था छैन् । महिनावारीको वेला खुलेर प्याड मागी प्रयोग गरौँ । विद्यालयले प्याड प्रयोगका लागि व्यवस्थापन मिलाएको त्यहाँबाट लिई प्रयोग गरौँ । प्याड प्रयोग गरिसकेपछि त्यसलाई डिसपोज पनि एकै ठाउँमा गरौँ । जाथाभावी रुपमा नफालौँ जस्ता जानकारी गराउँदै श्री च.मा.वि.का प्रअ मुधु सुदन कर्णले समयमे प्याड उपलब्ध गराई शैक्षिक गतिविधिलाई प्राथमिकताका साथ अगाडी बढाईरहको प्रति सिरहा नगरपालिकाका सम्पूर्ण टिमलाई धन्याद व्यक्त गर्नु भयो।

429107551_1556278625106570_1179593013331523815_n

मधेशभर खाना पकाउने ग्यासको अभाव

मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपीजी ग्यास ...

बिहारको राजनीतिमा पीकेको उदय

नयाँदिल्ली — कक्रोच जनता पार्टी (सीपीजे) नेतृत्वक ...

विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइन

राष्ट्रिय बाल अधिकार परिषद्ले विद्यालयमा विद्यार्थीको इ ...

साउन १९ गते मंगलबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १९ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब