पहिलो दिनमै राजेन्द्र महतोको खुट्टा भाँच्चियो

  • फागुन १७, २०८० | ५३९ पटक पढिएको | सीमा संदेश
alt

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल परित्यागको घोषणा गरी काठमाण्डुमा पहिलो पटक गरेको प्रदर्शनमै राजेन्द्र महतोको खुट्टा भाँच्चिएको छ ।

लेसपा छाडेर महतो राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक बनेका छन् । उनी सोमबार अभियानको घोषणा गरेका थिए । जिल्ला प्रशासन कार्यालय काठमाण्डुले निषेधित क्षेत्र घोषणा गरेको माइतीघर तर्फ जुलुस सहित बढ्न खोज्दा प्रहरीको लाठीले महतोको खुट्टा भाँच्चिएको छ । प्रदर्शनको क्रममा महतो नेतृत्वको जुलुस भद्रकाली पुगेपछि प्रहरीले रोक्ने प्रयास गरेको थियो ।

प्रहरीलाई धकेल्दै अगाडि बढ्न खोजेपछि प्रहरीको लाठीले महतोको खुट्टामा गम्भीर चोट लागेको छ । उनको खुट्टाको उपचार काठमाण्डुको ट्रमा सेन्टरमा भएको अभियानका युवा नेता अनिल महासेठले बताए । ‘खु्ट्टामा गम्भीर चोट लागेकोले ब्याण्डेज गरिएको छ ’उनले भने, प्रदर्शनको क्रममा प्रहरीले लछाडपछाड गरेपछि चोट लागेको हो । उनको हातमा पनि चोट लागेको महासेठले जनाएका छन् । डिल्ली बजारबाट निस्केको जुलुस बागबजार हुँदै भद्रकाली पुगेपछि प्रहरीले रोकेको थियो ।

नेता महतोले निषेधित क्षेत्र तोड्न त्यस तर्फ अगडि बढ्ने प्रयास गरेका थिए । राजतन्त्र र हिन्दू राष्ट्रको मूल मुद्दा लिएर प्रदर्शनमा उत्रेका दुर्गा प्रसाईँको विरोध कार्यक्रम गर्न नदिन जिल्ला प्रशासन कार्यालय काठमाण्डुले माइतीघर क्षेत्रमा निषेधाज्ञा लगाएको थियो । त्यो निषेधाज्ञा अझै पनि हटाइएको छैन । निषेधाज्ञा हटाउन दबाब दिँदै महतोले प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा अपेक्षाकृत भीड न्यून रहेको बताइएको छ । ‘बहुल राष्ट्रिय राज्य’स्थापनाको मागलाई मूल मुद्दा बनाएको अभियानका नेता महतोलाई लोसपा र जसपाका असन्तुष्ट नेताहरुले समेत साथ दिइरहेका छन् ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब