मधेश प्रदेशमा मुख्यमन्त्री जोखिममुक्त ! कांग्रेस सरकार नछाड्ने, एमालेले सरकारमा सहभागिताका लागि दबाब दिने

  • फागुन २६, २०८० | ५२२ पटक पढिएको | सीमा संदेश
alt

संघीय गठबन्धनमा फेरबदल भएसँगै विभिन्न प्रदेशमा सत्ता गठबन्धन फेरिएको छ । तर मुख्यमन्त्रीहरुले राजीनामा गरेका छैनन् ।

मधेश प्रदेशमा मुख्यमन्त्री सरोज कुमार यादवले निरन्तरता पाएका छन् । संघीय गठबन्धनका शीर्ष नेताहरुबीच मधेश प्रदेशमा जनता समाजवादी पार्टी(जसपा)नेतृत्वकै सरकार रहनेमा सहमति गरेका छन् ।

मधेश प्रदेश सुरक्षित भएपछि जसपा संघीय सरकारमा जान सहमत भएको स्रोतले जनाएका छन् । उच्चस्रोतहरुका अनुसार मधेश प्रदेश सरकारको नेतृत्व दाबी गर्ने दलहरु मध्येका नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) गठबन्धनबाट बाहिरिएका छन् । माओवादीले नेतृत्वका लागि अब प्रयास गर्ने संभावना प्राय : समाप्त नै भइसकेको छ ।

माओवादीले मुख्यमन्त्रीमा दावी गरे प्रधानमन्त्री संकटमा पर्न सक्ने उच्च जोखिम छ । जसपा नेतृत्वको सरकारमा कांग्रेस, लोसपा, माओवादी र नेकपा एस सहभागी छन् । जनमत पार्टीले गत नौ महिना सरकार छाडिसकेको छ । एमालेसितको सहकार्य तीन महिना मात्र चलेको थियो । प्रदेश सरकारको नेतृत्व फेर्न भारतको सुरसण्डमा भएको बैठकमा माओवादी संसदीय दलका नेता भरत साह मुख्यमन्त्री बनेका थिए । तर त्यतिञ्जेल सो अभियान सफल हुन नसकेपछि मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गरेका थिए ।

माओवादी संसदीय दलका नेता भरत साह सरकारमा जान सक्ने संभावना रहेको बताइन्छ । यद्यपि माओवादी भित्र मधेश प्रदेशमा उनका विरोधीहरु सशक्त रहेकाले संभावना कमजोर रहेको छ । संघीय सरकारबाट बाहिर रहेको लोसपा वर्तमान गठबन्धन सरकारलाई समर्थन गर्ने विषयमा छलफल गर्न अध्यक्ष महन्थ ठाकुरले ३० गते पदाधिकारीहरुको बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीलाई विश्वासको मत लोसपाले दिए पनि सरकारमा सहभागी हुने संभावना न्यून छ । संघीय सरकारमा सहभागी हुन नसके लोसपाले प्रधानमन्त्री प्रचण्डलाई समर्थन गर्ने झिनो संभावना मात्र छ । तर तत्काल विकल्प नदेखिएकाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर मधेश प्रदेशमा सरकारमा सहभागी भइरहने प्रयास गर्ने स्रोतले जनाएका छन् । मधेश प्रदेश सरकारमा लोसपाका रमेश कुर्मी वन मन्त्री रहेका छन् ।

प्रदेश सरकार पुनर्गठन विषयमा छलफल नभएको मुख्यमन्त्री सरोज कुमार यादवले जनाएका छन् । ‘संघीय गठबन्धनका शीर्ष नेताहरुले निर्णय गरे अनुसार नै प्रदेश सरकार पुनर्गठन हुनेछ’ उनले भने, सरकारको विषयमा शीर्ष नेताहरुबाट कुनै निर्देशन आएको छैन् । संघीय गठबन्धन अनुसार मधेश प्रदेशमा एमालेको आगमन हुने निश्चित छ । सरकारमा एमाले सहभागी भए कांग्रेसको विदाइ हुनेछ ।

स्रोतहरुका अनुसार कांग्रेसले सरकार छाडने छैन् । सरकारबाट हटाइए आगामी दिनमा सहकार्यको वातावरण बिग्रन सक्ने कांग्रेसको चेतावनी छ । केही प्रदेशमा भने सरकारबाट कांग्रेसका मन्त्रीहरुले राजीनामा दिएर बाहिरिएका छन् । तर मुख्यमन्त्री रहेका प्रदेशहरुमा कांग्रेसले राजीनामा गरेको छैन् ।

मन्त्री मात्र रहेको प्रदेशमा भने कांग्रेसले सरकार छाडेको छ । माथिल्लो निर्णय अनुसार प्रदेश गठबन्धन पनि चल्ने भएकाले प्रदेश स्तरबाट सरकारमा ल्याउने अथवा हटाउने निर्णय नहुने मुख्यमन्त्री यादवले बताए ।

स्रोतहरुका अनुसार लोसपाले संघीय सरकारलाई समर्थन नगरे प्रदेश सरकारबाट हटाइने छ । सरकारलाई एमाले, माओवादी र नेकपा एसकै साथले बहुमत पुगेको छ । स्रोतका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलको व्यस्तताका कारण मन्त्रीको सपथग्रहण हुन नसकेकोले शनिवार अथवा आइतवार जसपाका दुई जना मन्त्रीले सपथ लिने छन् । त्यसपछि मात्र प्रदेश सरकारको विषयमा निर्णय हुने स्रोतले जनाए ।

मधेश प्रदेशमा एमालेको भागमा हाल कांग्रेसको भागमा रहेका मन्त्रालयहरु जाने बताइएको छ । मुख्यमन्त्रीको जिम्मामा रहेको शिक्षा र श्रम मन्त्रालय मध्ये एउटा मन्त्रालय एमालेले पाउने संभावना छ । एउटा मन्त्रालय माओवादीको भागमा पनि पर्न सक्छ । तर त्यसबारे हाल सम्म कुनै सहमति भइनसकेको एमालेका एकजना नेताले बताए ।

लोसपा राष्ट्रिय दल नरहेकाले पार्टी फेरबदलगर्दा प्रदेश सभासद पद गुम्ने संभावना छैन् । लोसपा मधेश प्रदेश सरकारमा रहन विभाजित पनि हुन सक्ने एकजना सभासदले नाम सार्वजनिक नगर्ने सर्तमा बताएका छन् । स्रोतहरुका अनुसार संघीय सत्ता बिगार्ने खेल सुरु भइसकेकाले प्रदेशमा जसपाले कुनै पनि दलको चित्त दुखाउने पक्षमा देखिएको छैन् ।

जनमत पार्टीले मधेश प्रदेश सरकारको नेतृत्व नपाए संघीय सरकारलाई समर्थन नगर्ने निर्णय गरिसकेकोछ । जनमतबाट प्रदेश सरकार खतरामुक्त देखिएको छ । अन्य प्रदेशहरुमा सत्ता गठबन्धन बिग्रदा मुख्यमन्त्री संकटग्रस्त छन् । तर कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले राजीनामा नदिने बताएका छन् । उनले प्रदेश सभालाई नै बिघटन गर्ने चेतावनी दिएका छन् ।

बागमती प्रदेश सरकार पनि संकटमा छ । प्रदेश सरकारबाट कांग्रेस बाहिरिएपछि माओवादीका मुख्यमन्त्री शालिकराम जमकटटेललाई विश्वासको मत प्राप्त गर्न समस्या छ । राप्रपाले समर्थन नदिने निश्चित छ । एमाले, नेकपा एस र माओवादीको सभासदले सरकारको पक्षमा बहुमत पुग्न जटिल छ ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब