सिरहा, ३० फाल्गुन । केही दिन देखि कृषि ज्ञान केन्द्र सिरहाको नाम जोडेर करार सेवामा कार्यरत कर्मजारी अजय कुमार कर्णले किसानहरुलाई अनुदान ट्रयाक्टर मिलाई दिने आश्वासन दिदै लाखौँ रकम असुल गरी फरार भएको भन्ने विभिन्न मिडियामा प्रकाश नगरिएको समाचार भ्रामक, असत्य र कपोलकल्पित भएको पत्रकार समेलन गरी ज्ञान केन्द्रका प्रमुख नरेन्द्र कुमार महासेठले एक विज्ञप्ति सार्वजनिक गरी बताएको छ।
कर्ण मिति २०८०।०६।०५ गते सम्म मात्र कृषि ज्ञान केन्द्रमा करार सेवामा कार्यालय सहयोगीका करार कर्मचारी रहेको थियो । ततप्श्चात कर्ण कार्यालयमा नआएको हाल यस कार्यालयको कर्मचारी नरहेको महासेठले बताए ।
५० प्रतिशत अनुदानमा किसानका लागि ट्रयाक्टर वितरण जस्ता कार्यक्रम पनि ज्ञान केन्द्रमा नरहेको, ज्ञान केन्द्रकै नाममा ठगी गरेको जानरकारी पनि कुनै किसानले नगराएको र सुब्बा सरह कम्प्युटर अपरेटर कर्मचारी पद खुलाउने कार्ड हाम्रो पालनमा बनाएको नदेखिएकोले प्रकाशन गरीएका समाचार कपोलकल्पित रहेको महासेठले बताए ।
यस्ता किसिमका समाचार प्रकाशन भन्दा अगाडी कार्यालयको पनि विचार सम्प्रेसन हुने गरी समाचार प्रकाशन गर्न हुन अनुरोध छ । नगारिकलाई भ्रामित गर्ने गरी समाचर प्रकाशन तथा प्रशारण नगरी सत्य तथ्य कुरालाई बुझि मात्र समाचर प्रकाशन गर्न महासेठले अनुरोध गरे ।
ठगीको घटना सम्बन्धित कार्यालयलाई जोडिएकोले यस घटनालाई सहि सत्य तथ्य छानभिन्न गरी दोषी माथि करवाहिका लागि कषि ज्ञान केन्द्र सिरहाले पनि सम्बन्धित निकायहरुलाई पत्र पठाई सकेको महासेठले जानकारी गराएको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved