मधेश प्रदेशमा नेताहरुको चर्को दबाब ! कर्मचारी भागाभाग, योजनाहरु अलपत्र

  • चैत १, २०८० | ४८८ पटक पढिएको | सीमा संदेश
alt

संघीय सत्ता गठबन्धन फेरबदल भएसँगै मधेश प्रदेशमा राजनीतिक अन्योल देखिएको छ । सरकार रहने वा नरहने अनिश्चितताकाबीच कर्मचारीमाथि नेताहरुको दबाब बढेको छ । अन्य प्रदेशहरुमा कांग्रेसलाई सरकारबाट हटाइए पनि मधेश प्रदेशमा सरकारमा कुनै फेरबदल भएको छैन् ।

कांग्रेसले आफै सरकार नछाडने बताएको छ । कांग्रेस प्रदेश संसदीय दलका प्रमुख सचेतक कुमरकान्त झाले सरकारबाट हटाउने निर्णय नगरे सम्म नहटने बताए । हामी सरकार छाड्ने कुनै कारण छैन्, उनले भने– ‘सरकारबाट हटाएपछि रहने प्रश्न नै उठ्दैन् ।’ स्रोतहरुका अनुसार कांग्रेसलाई सरकारबाट हटाएर एमालेलाई भित्र्याइने तयारी गरिएको छ ।

सरकारबाट लोकतान्त्रिक समाजवादी पार्टी( लोसपा)लाई पनि हटाइने छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिएर संघीय गठबन्धनमा जान अस्वीकार गरेको लोसपालाई मधेश प्रदेश सरकारबाट हटाउनेमा नेताहरु एकमत नै छन् । लोसपाबाट रमेश कुर्मी मधेश प्रदेश सरकारमा वन मन्त्री छन् ।

प्रदेशमा जनता समाजवादी पार्टी( जसपा)को नेतृत्वलाई फाल्न लोसपाका सभासदहरुले भारतको सुरसण्डमा बैठकको अगुवाई गरेको थियो । कांग्रेस, लोसपा र जनमत पार्टीको समर्थन बिना नै मधेश प्रदेशमा नयाँ गठबन्धनको सरकार चल्न सक्छ ।

एमाले, जसपा, माओवादी र नेकपा एस गठबन्धनमा रहेकाले सम्मानजनक बहुमत पुगेको छ । प्रदेशको मुख्यमन्त्री फेर्ने निर्णय नभएकाले सरकारबारे सन्देह देखिएको छ । नेकपा एमालेले मुख्यमन्त्री पाउनु पर्ने अडान छाडिसकेको छैन् । वर्तमान सरकारमै एमाले सहभागी भए कांग्रेसको भागमा परेका मन्त्रालयहरु एमालेले पाउने बताइन्छ । एमाले संसदीय दलका नेता सरोज कुमार यादवले संघीय गठबन्धनका शीर्ष नेताहरुले मधेश प्रदेश सरकारबारे निर्णय लिन बांकी रहेको बताए ।

शीर्ष नेताहरुले गर्ने निर्णय बमोजिमकै सरकार मधेश प्रदेशमा बन्ने उनले बताए । सरकारको नेतृत्व जसपाले गरिसकेकाले अब एमालेले नेतृत्व पाउनुपर्नेमा उनले जोड दिए । गत फागुन २१ गते सत्ता गठबन्धनमा फेरबदल भएसँगै प्रदेशमा कर्मचारीमाथि दबाब बढेको छ । सरकारबाट बाहिरिने दलको कामहरु नगर्न कर्मचारीले विदा लिने पुरानो चलनले निरन्तरता पाएको छ । अधिकांश विकासे कार्यालयका कर्मचारीहरु विदा लिएर अथवा अन्य प्रयोजन देखाएर अनुपस्थित छन् ।

सयौंको संख्यामा दिनहुँ कार्यालय धाए पनि हाकिमलाई भेंटन पाइरहेका छैनन् । मन्त्री र उनका स्वकीय सचिवहरुले योजनाहरुको उपभोक्ता समिति गठन गर्न पत्र दिन दबाब बनाउने प्रयास गरिरहेका छन् । तर कर्मचारीहरु उनीहरुको सम्पर्कमा नै आउँदैनन् । अर्को तर्फ सरकारमा सहभागी हुने दलका नेताहरुले हटने मन्त्रीहरुको निर्देशनमा वितरण भएका योजनाहरु रद्द गरिने अथवा अर्को उपभोक्ता समिति गठन गरिने भएकाले काम नगर्न दबाब दिएको बताइन्छ ।

नाम सार्वजनिक नगर्ने शर्तमा एकजना कार्यालय प्रमुखले भने–‘दुई तर्फी दबाब बढेकाले विदामा बसेको छु । सरकार सम्बन्धी अन्योल समाप्त भएपछि मात्र काम अगाडि बढने उनले बताए । योजनाका लागि मन्त्री आवास धाउने नेता, कार्यकर्ताहरुले स्वकीय सचिव लगायतसित बाँझ्ने गरेका छन् । समयमै पत्र उपलब्ध नगराइदिँदा समस्या आएको उनीहरुको दुखेसो छ ।

धेरै योजनाहरुको उपभोक्ता समिति गठन गर्न पत्राचार भइसके पनि अझै थुप्रै योजनाहरुको उपभोक्ता समिति गठन हुन सकेको छैन् । प्रदेशका प्रमुख सचिव नै हप्ता दिन लामो विदा लिएर घर बसेका छन् ।

सरकारको टुंगो नलागे सम्म प्रमुख सचिव नफर्किने मुख्यमन्त्री कार्यालयका एकजना अधिकृतले बताए । प्रमुख सचिवको कारण मुख्यमन्त्रीको कामकाजहरु नै अस्तव्यस्त भएको छ । प्रदेशमा अन्योल देखिएको छ । मधेश प्रदेशको सबालमा संघीय शीर्ष नेताहरुले मुख खोलेका छैनन् । प्रधानमन्त्री प्रचण्डले कर्णाली प्रदेशमा माओवादीकै सरकार रहने सार्वजनिक रुपमा नै बताइसकेपछि त्यहाँ अन्योल हटेको छ । तर अन्य प्रदेशहरुमा जटिलता देखिएको छ ।

अन्य प्रदेशहरुको तुलनामा मधेश प्रदेश बढी चर्चामा छ । सत्ताबाट बाहिरिने र सत्तामा भित्रिने दुवै दलहरु प्रभावशाली रहेकाले कर्मचारीहरुमा त्रास बढेको बताइन्छ । सरकार स्थिर नभए सम्म प्रदेशमा कुनै काम नहुने कर्मचारीहरु बताउँछन् ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब