सिराहामा २९.६ मिलिमिटर वर्षा

  • चैत ७, २०८० | ४२७ पटक पढिएको | सीमा संदेश
alt

पछिल्लो तीन घण्टामा मधेशको सिराहास्थित मिर्चैयामा २९.६ मिलिमिटर वर्षा भएको छ।  मधेशका अन्य स्थानमा २ देखि ५ मिलिमिटर पानी परेको छ। 

बागमती प्रदेशमा दिउँसो बदली र हुस्सुसँगै हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायु र स्थायीय वायुको प्रभावले काठमाडौं उपत्यकासहित पूर्वी भूभागमा आगामी शुक्रबारसम्म बदली र वर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिए। 

काठमाडौं उपत्यकाको मौसम दिनैभर धुम्मिइरहने सम्भावना छ। काठमाडौंको न्यूनतम तापक्रम भने ह्वात्तै बढेको छ। मौसमवद् झाका अनुसार बुधबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १५ डिग्री सेल्सियस मापन गरिएको छ। 

दिउँसो अधिकतम तापक्रम घट्ने सम्भावना रहेको उनले बताए । यसअघि २९ डिग्री सेल्सियससम्म पुगेको अधिकतम तापक्रम आज २० डिग्री सेल्सियसम्म ओर्लिनसक्ने अनुमान गरिएको छ। 

मधेशभर खाना पकाउने ग्यासको अभाव

मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपीजी ग्यास ...

बिहारको राजनीतिमा पीकेको उदय

नयाँदिल्ली — कक्रोच जनता पार्टी (सीपीजे) नेतृत्वक ...

विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइन

राष्ट्रिय बाल अधिकार परिषद्ले विद्यालयमा विद्यार्थीको इ ...

साउन १९ गते मंगलबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १९ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब