सिरहा, ७ चैत्र । सिरहा नगरपालिका भित्र संचालनमा रहेका ठुला योजनाहरु समयमै सम्पन गर्न प्रमुख प्रशासकीय अधिकृत बलिराम यादबले निर्देशन गरेको छ । संचालित योजनालाई गतिमैय बनाउन अनुगमन गरिरहेको यादबले बताए ।
मंगलवार प्राविधिक ईन्जिनियर उमेश कुमार यादबको टोली सहित सिरहा नगरपालिका–१९ मा निर्माणधिन १० सैयाको अस्पताल अनुगमन गरेका छन । । अनुगमन क्रमम देखिएका समस्याहरुलाई सुधार गरी समैयमा निर्माण कार्य सम्पन गर्न ठेकेदार कम्पनीलाई निर्देशन गरेका छन्।
नगरवासिलाई सरल, सहज र छिटो सेवा सुविधा हुनु पर्ने मान्यताका साथ अनुगमन सुरु गरका छौँ । समयमै कार्य सम्पन नगर्ने ठेकेदार अथवा उपभोक्त समितिलाई कनून बमोजिमको करवाही गर्ने यादबले बताए ।
१० सैयाको अस्पतालको निर्माण श्री सिर्जना/सुवेदी जे.भी.ले गरिरहेको छ। कुल लागत ८ करोड १६ लाख ३८ हजार २ सय ३७ रहेको छ ।
सिरहा नगरपालिकामा बलिराम यादबले प्रमुख प्रशासकीय जिमेवारी सम्हालेपछि नगरवासिले १८ घण्टा दैनिक सेवा पाईरहेका छन् । नगरपालिकाका कार्यक्रमहरु पनि गतिमै रुपम सम्पन भईरहेको नगरवासिहरुका भनाई रहेका छन् ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved