मधेशमा डिजे बजाउन प्रतिबन्ध, ध्वनी प्रदुषण गर्नेमाथि कार्वाही हुने

  • चैत २१, २०८० | ५५८ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेश सरकार अन्तर्गत गृह, संचार तथा कानुन मन्त्रालयमा मंगलबार बसेको प्रदेश सुरक्षा समन्वय समितिले मधेश प्रदेशका जिल्लाहरुमा बजाइने डिजेलाई निषेध गर्ने निर्णय गरेको छ।

गृह, संचार तथा कानुन मन्त्री राजकुमार लेखीको अध्यक्षमा बसेको बैठकले विभिन्न चाडपर्व, मेलापातको बहानामा चर्को आवाजमा बजाउने डिजेले आतङ्कीत पारेको भन्दै स्थानीय तहसँगै विभिन्न माध्यमबाट आएको उजुरीको आधारमा ध्वनी प्रदुषण हुने खालको उपकरण बजाउन नदिने निर्णय गरेको हो।

मन्त्री लेखीका अनुसार डिजे आतङ्कले ध्वनी प्रदुषणसँगै विद्यार्थी तथा दीर्घरोगीलाई स्वास्थ्यमा प्रतिकुल असर पार्ने भएकाले डिजे बजाउन नदिने निर्णय गरेको जानकारी दिए।

मन्त्रालयले गरेको निर्णय मातहतका कार्यालय र सम्पूर्ण स्थानीय तहमार्फत् पत्राचार गरिएको वताउँदै मन्त्रालयको निर्णयलाई अटेर गर्ने जोकोहीलाई कानुन अनुसार दण्डित गरिने समेत मन्त्री लेखीले बताए।

विशेषतः मधेश प्रदेशका जिल्लाहरुमा विभिन्न चाड पर्व, विवाह, ब्रतबन्ध लगायत कार्यमा चर्को स्वरमा डिजे लगायत उपकरणहरु बजाएर ध्वानी प्रदुषण फैलाउने गरेको छ।

मधेशभर खाना पकाउने ग्यासको अभाव

मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपीजी ग्यास ...

बिहारको राजनीतिमा पीकेको उदय

नयाँदिल्ली — कक्रोच जनता पार्टी (सीपीजे) नेतृत्वक ...

विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइन

राष्ट्रिय बाल अधिकार परिषद्ले विद्यालयमा विद्यार्थीको इ ...

साउन १९ गते मंगलबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १९ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब