अर्नमा गाउँपालिकाद्धारा आ.व.२०८१/०८२ को नीति तथा कार्यक्रम सार्वजनिक शिक्षा पहिलो प्राथमिकता

  • वैशाख ७, २०८१ | ८४९ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा, ०७ बैशाख । सिरहाको अर्नमा गाउँपालिकाले गाउँ सभाको १० औँ अधिवेशन नीति तथा कार्यक्रम आ.व. २०८१/०८२ को सार्वजनिक गरको छ । "शिक्षा, कृषि र सवास्थ्य हाम्रो प्राथमिकता, समृद्ध अर्नमा निर्माणमा हामी सबैको प्रतिवद्धता" नारा साथ नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

शिक्षा देखि सार्वजनिक सेवा प्रवाह सम्मको विषय वस्तुलाई विधिवत विकास तथा सेवा प्रवाहसँग जोडी नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष अशोक कुमार यादबले प्रस्तुत गर्नु भयो । शिक्षा तर्फ मातृभाषामा स्थानीय पाठयक्रम, बिद्यालय छाडने लगायतका शतप्रतिशत भर्ना गराउने, बाहिरी क्रियकालाप, सबे विद्यालयमा पुस्ताकालय व्यवस्थापन, नमूना विद्यालय र क्याम्पस संचालन तथा "उत्कृष्ट शैक्षिक गन्तव्य गाउँपालिका हाम्रो पहिचान"  को रुपमा विकास गर्ने लक्ष्य लिएका छन् ।

स्वास्थ्य तर्फ चौविसै घण्टा इमरजेन्सी सेवा, निःशुल्क स्वास्थ्य शिविर, आयुर्वेदिक सेवा विस्तार, १५ शैयाको अस्पाताललाई ५० शैया बनाउने, निःशुल्क एम्बुलेन्स सेवा तथा ४० वर्ष माथिकालाई निःशुल्क स्क्रिनिङ उपचार उपलब्ध गराउने लक्ष्य लिईएका छन् ।

सबै गाउँवासीलाई आधारभुत खानेपानी तथा सरसफाई सेवा उपलब्ध गराउने छ । गाउँपालिकाबाट प्रदान गरिने सामाजिक तथा आर्थिक आवश्यकताहर महिलाहरुको सम्मानजनक सहभागिता सुनिश्चि गर्न लक्षित तथा सिमान्तकृत महिलाहरुको क्षमता अभिवृद्धि र जिवनस्तर सुधारका लागि संरक्षणात्मक सेवा उपलब्ध गराई शसक्तिकरण गरिने छ। 

युवा तथा खेलकुद अन्तगृत वैदेशिक रोजगारबाट फर्केका युवाहरुले आर्जन गरेको ज्ञान र सिप सदुपयोग गर्दै स्वरोजगार र उद्यमशीलता विकासका लागि गाउँपालिका स्थानीय आर्थिक विकास योजना अन्तर्गत समावेश भएका नवप्रवर्तनशील , लगायतका प्रोत्साहनमुखी कार्यक्रम संचालन गरिने छ ।

आर्थिक विकास तफृ कृषि तथा पशु अन्तगृत सिचाई व्यवस्थपन तथा पशुपालनका लागि गैर सरकारी संस्थाहरुसँगको साझेदारी गरी कार्यक्रम संचालन गरिने छ । कृषकलाई सिचाईका लागि ५० युनिट सम्मको महसुल अनुदान उपलब्ध गराउने छ ।

वडा देखि गाउँपालिकासँग जोडिने ठुला तथा साना सडक पुल निर्माण गरिने छ । नेपाल सरकारको कानून विपरित भवन नक्सा पास नगराई भवन निर्माण गर्नेलाई करवाही तथा जरिवान गरिने छ ।

गाउँपालिका खुल्ला बहुसांस्कृतिक संग्रहालयको रुपमा विकास गरिने र मैथली रितीरिवाज झल्कीने सांस्कृतिक कार्यक्रमहरु फागुवा, दाहा मेला, झिझिया नाच, जट जटीन नाच, डोम कक्ष नाच, मिथिला चित्रकाला लागयका स्थानीय लोक नाचलाई संरक्षण गरिने छ ।

नेपाल सरकारले निर्धारण गरको सम्र्पूर्ण विषय वस्तुलाई दिगो विकासका लक्ष्यसँग जोडि नीति तथा कार्यक्रम सावर्जनिक गरिएको छ ।

कार्यक्रममा सहभागिला्रई स्वागत गाउँपालिका उपाध्यक्ष शोभा कुमारी साहले गरेका थिइन् । कार्यक्रमको विशिष्ट आथितियका रुपमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत द्रोपती कुमारी यादब लगायत अथितियहरु वडा अध्यक्ष, वडा सदस्य लगायत नागरिक समाज, वुद्धिजिवि तथा पत्रकारहरुका सहभागिता रहेका थिए ।

मधेशभर खाना पकाउने ग्यासको अभाव

मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपीजी ग्यास ...

बिहारको राजनीतिमा पीकेको उदय

नयाँदिल्ली — कक्रोच जनता पार्टी (सीपीजे) नेतृत्वक ...

विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइन

राष्ट्रिय बाल अधिकार परिषद्ले विद्यालयमा विद्यार्थीको इ ...

साउन १९ गते मंगलबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १९ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब