लुंगेलीलाई श्रम, साह विना बिभागिय लोसपा पुनः सरकारलाई समर्थन गर्ने

  • वैशाख १२, २०८१ | ५३७ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेश सरकारमा नेकपा एसकी सभासद बेची लुंगेली श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएकी छन् ।

गत हप्ता मन्त्री बनेकी लुंगेलीलाई मुख्यमन्त्री सरोज कुमार यादवले मंगलवार मन्त्रालय तोकेका छन् । अर्थ मन्त्रालय ताकेका माओवादी केन्द्र संसदीय दलका नेता भरत साह विना बिभागिय मन्त्री नै रहने संकेत देखिएको छ ।

मुख्यमन्त्री यादवले उनलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिन तयार छन् । तर साह त्यसमा सहमती जनाइसकेका छैनन् । उच्चस्रोतहरुका अनुसार मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकमा उनी पुरा समय सहभागी भएको स्वीकारेका छन् । तर स्रोतहरुले उनी असन्तुष्ट देखिएको बताएका छन् ।

उच्चस्रोतका अनुसार लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले सरकारलाई पुनः समर्थन गर्न तयार भएको छ । लोसपाले वन मन्त्रालय माओवादीलाई नदिन आग्रह गरेको स्रोतले जनाएका छन् ।

लोसपाका अध्यक्ष महन्थ ठाकुर जनकपुरधाममा रहेको बेला सो पार्टीका एकजना सभासदले सरकारलाइ समर्थन दिने विषयमा अध्यक्ष ठाकुरले सकारात्मक सन्देश पठाएको जनाएका छन् । ‘अध्यक्ष ठाकुर समर्थन सम्बन्धमा मुख्यमन्त्री यादवसित संवाद गर्न चाहेका छन्’ ती सभासदले भने, मुख्यमन्त्री सकारात्मक भए सरकारमा फेरि सहभागी हुन सक्छौ ।

यस सम्बन्धमा मुख्यमन्त्रीको प्रतिकृया प्राप्त हुन सकेन् । तर स्रोतहरुले जनाए अनुसार माओवादीका भरत साहलाई विना विभागिय मन्त्री राखेर लोसपालाई वन मन्त्रालय दिन सक्ने संभावना छ । साहको गतिविधिले माओवादी संसदीय दल विभाजित भइसकेको छ । माओवादीकी नेतृ सुनिता यादव सरकारमा रहेकै बेला साहले सरकारलाई अल्पमतमा पार्न सुरसण्डमा बैठक गरेका थिए । त्यो बैठकमा उनी मुख्यमन्त्री नै बनेका थिए । तर नेपालको सीमा नछिर्दै बैठकको निर्णय तुहिएको थियो ।

मन्त्रिपरिषद् बैठकले संसदीय विकास कोषको २ अर्ब ३५ करोडको शीर्षक परिवर्तन गरी खर्च गरिने सहमति गरेको छ । प्रत्यक्ष निर्वाचित सभासदहरुलाई तीन करोड रकम बराबरको र समानुपातिक सभासदहरुलाई १ करोड बराबरको डेढ महिना भित्र सम्पन्न हुने योजना दिन सरकारले आह्वान गरिसकेको छ ।

स्रोतका अनुसार संसदीय विकास कोषको रकम खर्चका लागि शीर्षक परिवर्तन गर्न सभासदहरु सहमत छन् ।उनीहरुकै सहमतिमा सरकारले शीर्षक परिवर्तन गरी बजेट खर्च गर्ने उपाय झिकेका छन् । सरकारले ल्याउने विधेयकलाई सभासदहरुले सर्वसम्मतीबाट प्रदेश सभामा पारित गर्ने बताइएको छ । सर्वोच्च अदालतले प्रतिनिधि सभासदस्यको संसदीय विकास कोष रकम सहित प्रदेश सभासदहरुको संसदीय विकास कोषको रकममा समेत रोक लगाएको छ ।

अदालतको आदेश विपरीत सो कोषको नाममा रकम खर्च गर्न नमिल्ने भएकाले शीर्षक परिवर्तन गरी रकम चलाउने सहमति भएको छ । स्रोतहरुका अनुसार सभासदहरुले जेठ मसान्त भित्र सम्पन्न हुन सक्ने योजनाहरु अर्थमन्त्रालयमा दिन थालेका छन् । वैशाखको तेस्रो हप्ता भित्र योजना लिने र संभव भए सोही हप्तामा प्रस्ताव प्रदेश सभामा दर्ता गर्ने आन्तरिक तयारी गरिएको छ । तर योजनाहरुको चाप बढने देखेपछि भौतिक पूर्वाधार, वन, पर्यटन लगायत मन्त्रालय मातहतका कार्यालय प्रमुखहरु मोबाइलको स्वीच अफ गरी कार्यालयमा जान छाडेका छन् । उनीहरुले फेरिएका मन्त्रीहरुको दवावलाई खप्न सहज महसुस गरिरहेका छैनन् ।

मन्त्रिपरिषद् बैठकले रातो किताबमा उल्लेखित योजनाहरुको सम्झौता हुन बाँकी रहेकाहरुको पूनःसम्झौता गर्न पत्राचार गर्ने निर्णय गरेको छ । अब सम्झौता हुन बाँकी रहेका योजनाहरुको नयाँ मन्त्रीले आप्mनो सुबिधा अनुसार सम्झौता गराउने बताइएको छ । मन्त्रिपरिषद् बैठकले प्रदेश भन्दा बाहिर कुनै मन्त्रीलाई जानु परे मुख्यमन्त्रीको सहमति अनिवार्य रुपमा लिने निर्णय गरेको सहभागी एकजना मन्त्रीले जनाएका छन् ।

बैठकमा सहभागी मन्त्रीका अनुसार मन्त्रीहरुले मुख्यमन्त्रीबाट स्वीकृती लिएर मात्र राजधानी काठमाण्डु अथवा प्रदेश बाहिर जान पाउने छन् । मधेश प्रदेशमा हाल सम्म विकास निर्माणको कामको प्रगति सन्तोषप्रद रहेको छैन् ।

सरकारले विश्वासको मत लिदै थकित भएको बताइन्छ । चार पटक विश्वासको मत लिइसकेको सरकारले फेरि कहिले विश्वासको मत लिनु पर्ने निश्चित भइनसके पनि संघीय राजनीतिक घटनाक्रमले सरकार स्थिर हुन सकेको छैन् ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब