सिरहा प्रहरीले आफ्नै बुवाको कुटपीटगरी हत्या गरेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ।
गोलबजार नगरपालिका १० डण्डाटोलका ५१ वर्षीय चन्दर यादवको कुटपीटगरी हत्या गरेको अभियोगमा उनकै छोरा २४ वर्षीय रन्जन भन्ने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो।
घरायसी विवादको कारण मंगलबार राति जितेन्द्रले बुबालाई कुटपिट गर्दा गम्भीर घाइते भएको थियो। घाइते यादवको उपचारको क्रममा विराटनगरमा विहिवार मृत्यु भएको प्रहरीले जनाएको छ।
बुवालाई कुटपीटगरी घाइते बनाएको भन्ने खवर पाउनसाथ इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले जितेन्द्रलाई पक्राउ गरेको हो।
चन्दर करिव तीन महिनाअघिमात्र बैदेशिक रोजगारीबाट घर फर्केका थिए।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved