वन मन्त्रालयमा लफडा, मन्त्री र राज्यमन्त्री अलग–अलग पार्टीमा

  • वैशाख २५, २०८१ | ३५२ पटक पढिएको | सीमा संदेश
alt

संघीय सरकारको वन मन्त्रालयमा लफडा भएको छ । जनता समाजवादी पार्टी( जसपा)नेपालको भागमा रहेको सो मन्त्रालय पार्टी विभाजनसँगै लफडामा परेको छ ।

वन तथा वातावरण मन्त्री रहेका नवल किशोर साह सुडी दल विभाजन गरी गठन गरिएको जनता समाजवादी पार्टी(जसपा)मा लागेका छन् । तर वन राज्यमन्त्री दीपक कार्की संस्थापन पक्ष जसपा नेपालमा नै रहेका छन् । मन्त्री र राज्यमन्त्री दुई दलमा विभाजित भएकाले मन्त्रालयमा समस्या आउने बताइएको छ ।

सोमबार राज्यमन्त्री कार्की मन्त्रालय गएनन् । तर उनी जसपा नेपाल संस्थापन पक्षमा नै प्रतिवद्ध रहेको विज्ञप्ति सोमबार सार्वजनिक गरेका छन् । उनको निजी सचिवालयको तर्फबाट सोमवार जारी विज्ञप्तिमा राज्यमन्त्री कार्की बारे आएका समाचारहरुमा सत्यता नरहेको प्रष्ट गरिएको छ । निर्वाचन आयोगमा दर्ता गरिएको जसपाको केन्द्रीय कार्य समितिको सचिवमा कार्कीको नाम राखिएको छ । उनले त्यसकोपनि खण्डन गरेका छन् ।

जसपा नेपाल विभाजन सम्बन्धी बैठकहरुमा कार्की पनि सहभागी रहेको दाबी जसपाका उपमहासचिव प्रदीप यादवले गरेका छन् । ‘वन राज्यमन्त्री कार्की हामीसितको बैठकमा सहभागी थिए’ उनले भने, निर्वाचन आयोगमा उनी पुगेनन् । मन्त्री र राज्यमन्त्री एउटै दलका राखिने चलन रहेको उल्लेख गर्दै कार्की हट्न सक्ने उनले संकेत गरे ।

यस सम्बन्धमा राज्यमन्त्री कार्कीसित पटक पटक सम्पर्कका लागि गरिएको प्रयास सफल हुन सकेन । उनलाई मन्त्री साहले हटाउन नसकेपनि प्रधानमन्त्रीले नै हटाउने जसपाका एकजना नेताले बताए । कार्की धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट माओवादीका नेता एवं पूर्व मन्त्री मात्रिकाप्रसाद यादवलाई पराजित गरेका हुन् ।

मन्त्री रहेका नवलकिशोर साह भने जनमत पार्टीका अध्यक्ष सीके राउतका दाजु जेके राउतलाई पराजित गरेका थिए । चैत ११ गते वन तथा वातावरण राज्यमन्त्री नियुक्त भएका कार्कीले अध्यक्ष यादवको निर्देशानुसार निर्णय लिने उच्च स्रोतले जनाएका छन् ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब