अब धनुषामा सवारी सर्भिसिँग वा मर्मत गराउनुपरेमा 'बिलबुक' अनिवार्य ल्याउनुपर्नेछः एसपी तिवारी

  • वैशाख २९, २०८१ | ४८१ पटक पढिएको | सीमा संदेश
alt

 जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले धनुषा जिल्लाभरिका कवार व्यावसायी र मोटरसाईकल ग्यारेज मालिकहरुसँग अन्तरक्रिया गरेका छन् । 

सवारी साधन चोरीको घटना बढन थालेपछि एसपी तिवारीले ग्यारेज वा कवारमा जाने शंकास्पद सवारीको बारेमा प्रहरीलाई खवर गर्न अनुरोध गरेका छन् । सवारी चोरीले मध्यम वर्गका परिवारलाई सास्ती र ऋणको भारी बोक्नुपरेको बताउँदै एसपी तिवारीले ग्यारेजमा मोटरसाईकल वा कार मोडिफाई नगर्ने, ईन्जिन मोडिफाई नगर्ने सम्झौता गरेको हो । 

कवारमा चोरी भएका सामान जस्तैः तामाको तार,मो।सा।, कार तथा हार्डवेयरको सामनहरु किनबेच नगर्ने , मोटरसाईकलको साँचो (चाभी) को होल परिवर्तन गर्न आएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्ने,  चोरी भएका सामनहरु किनबेच नगर्ने, यदि त्यसतो शंका लागेमा नजिकको प्रहरी कार्यालयमा खबर गर्ने सम्झौता भएको एसपी तिवारीले बताए । 

कार तथा मोटरसाईकल ग्यारेजमा चोरी भएको सवारी साधन कावश्यक कागजात पत्र नभएमा मर्मत तथा किनबेच नगर्ने , सवारी साधनको नम्वर र इन्जिन नम्वर च्यासिस नम्वरहरू परिवर्तन नगर्ने, सवारी साधन मर्मत तथा सर्भिसिङ गाडी विल बुक अनिवार्य ल्याउने, गाडीहरूको डेन्टिङ पेन्टिङ गर्न आउँदा सवारी दुर्घटनामा परेको हो की एकीन गर्ने,  सवारी साधनको इन्जिन अर्को गाडीमा परिवर्तन नगर्ने,  सवारी साधनको पार्किङ सडकमा नगर्ने,  पेट्रोल डिजेल तथा मोविल जथाभावि फाल्नाले वतावरणिय प्रभाव पर्ने भएकोले कुनै निश्चित भाडोमा संकलन गरी व्यवस्थित रूपमा नष्ट गर्ने सम्झौता कवार व्यावासायी र ग्यारेज सँचालकसँग भएको हो । 

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

पेट्रोल, डिजेल र मट्टीतेल लिटरको २००

नेपाल आयल निगम लिमिटेडले आइतबार रातिबाट लागू हुने गरी प ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब