कांग्रेसलाई ओलीले भने– हाम्रो मन भतभती पोल्दैन, माधव नेपाललाई प्रधानमन्त्री बनाए हुन्छ

  • वैशाख २९, २०८१ | ४९१ पटक पढिएको | सीमा संदेश
alt

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउँदा आपत्ति नहुने बताएका छन् । उनले शुक्रबारको संसदीय दलको बैठकमा नेपालको नाम नलिइ कोही प्रधानमन्त्री हुँदा आफ्नो मन भतभत नपोल्ने बताए ।

“हाम्रो मन त्यस्तो भतभत पोल्दैन । हामी रियालिटीलाई सहज ढंगले स्वीकार्छौं,” ओलीले भने, “नेपाली कांग्रेसले त्यस्ता महानुभावलाई प्रधानमन्त्री बनाएर काँधमा हैन टाउकोमा चढाएर बोक्छ भने पनि हामीलाई आपत्ति छैन । बोके हुन्छ ।”

नेपालले केही अघिको कार्यक्रममा आफू प्रधानमन्त्री बन्न लागेकोमा कसैको मन पोलेको भन्दै कटाक्ष गरेका थिए । ओलीले कहाँबाट प्रधानमन्त्री बन्न आँटेको भनि प्रश्न गरे । “...यही बीचमा ती पार्टीका नेताहरूले म प्रधानमन्त्री हुनै आँटे भनेर कसैको मन भतभती पोलेको छ भन्ने । कहाँ प्रधानमन्त्री हुन आँटे ? कसरी प्रधानमन्त्री हुन आँटे ?,” ओलीले प्रश्न गरे ।

ओलीले सत्ता समीकरण ढाल्न लागेको जनता समाजवादी पार्टी नेपाल विभाजन पक्षले भन्ने गरेको उल्लेख समेत गरे ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब